Samayojan khabar

Advertisment

SKIP THIS

कक्षा ११ र १२ मा गरिएको चर्को शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

समायोजन खबर काठमाण्डौ,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्कप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा गरिएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियूका कार्यबहाक संयोजक रञ्जित तामाङले बुझाउनु भएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थी मध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

 

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियूका कार्यबहाक संयोजक तामाङले जानकारी दिनुभयो । उहाँले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताउनु भयो । ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिइएको छ ।

मन्त्री पोखरेलले पनि विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले शिक्षालयहरुमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानुनलाई पनि निर्माण गर्दै अघि बढने योजना पनि सुनाउनुभयो । मन्त्री पोखरेलले स्थानीय तहमा देखिएको शिक्षासम्बन्धी समस्या पनि स्थानीय तहसँगै सहकार्य गरेर समाधान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०७६ असार २४ गते साँझ ५ :५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...