खडेरीले मकै सखाप (फोटो फिचर)

  • मकैको बोट उखेल्दै किसान
  • चिसाङ शेर्पा खोटाङ,
    खडेरीले मकैको बोट सुकेपछि बेंशीक्षेत्रका किसानहरुले मकैको बोट (बिरुवा) उखेलेका छन् । मुख्य बाली मकैको बोट खडेरीले धमाधम सुकेपछि खोटाङका अधिकांश स्थानका किसानहरुले मकैको बोट बाध्यताले उखेलेका हुन् । असारको तेश्रो हप्तामा समेत पानी नपर्दा खडेरी आएपछि किसानले लगाएको मकैको बोट, रुखपात दिनदिनै सुकेर मासिदै गएको छ ।

    खडेरीले सुकेको मकैको बोट उखेल्दै राजापानी बरबोटेका कृषक । तस्विर चिसाङ शेर्पा

    खडेरीका कारण बारीमा लगाएको मकैका सानाठूला बोटहरु दिनैपिच्छे उखेलेर फाल्नु परेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका कृषक भक्त बहादुर श्रेष्ठले बताए । ‘खडेरीले मकै सुकेर नष्ट भयो, खानेपानीको समेत अभाव हुन थालेको छ ।’ श्रेष्ठले भने । पानी नपर्दा खडेरीले मकैको बोट सुक्नुका साथै सयौ रोपनी खेतीयोग्य जमिन बाँझो बसेको छ । भीर पहराका रुखहरु समेत सुक्न थालेको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कृषक निर बहादुर कार्कीले बताए । खडेरी पिडित श्रेष्ठ र कार्की त प्रतिनिधि किसान मात्रै हुन् । जिल्लाको तल्लो भेगमा खेतीबाली गर्ने सबै किसानले लगाएको मकैको बोट उम्रिएपछि नै खडेरीले सखाप बनाएको छ ।


    खडेरीले राजापानीको बरबोटेमा सयौं हेक्टरमा किसानले लगाएको मकैका बोट, रुखपात, बाँसहरु मर्न थालेका छन् । जमेका आहालहरु सुकेका छन् । ‘बल्लतल्ल एक बित्ताको मकै उम्रिएको त्यही पनि सुकेर गएपछि उखेलेर वस्तुभाउलाई दिंदा वस्तुले नखाएकाले न मान्छेलाई न वस्तुभाउलाई नै रोपेको मकैले काम दियो ।’ राजापानी बरबोटेकी पवित्रा कार्कीले सुनाईन् । खडेरीकै कारण मकै त सकियो अन्य सवैखाले खाद्यन्नको विउ पनि मासिएकाले बाँच्नलाई गाह्रो परेको सोही ठाउँकी जोगमाया कार्कीले बताईन् ।

    खडेरीले सुकेको मकैको विरुवा उखेलिसकेपछिको बारी देखाउदै कृषक । तस्विर चिसाङ शेर्पा

    असारमा पानी पर्ला र बालीनाली लगाउला भनेर ढुक्क बसेका कृषकहरु खडेरीले उठिवास लगाउने परिस्थिती सिर्जना गरेपछि चिन्तित बनेका छन् । असारे भाकामा मेलापातमा व्यस्त हुनुपर्ने सिजनमा खडेरीले गाउँघर सुख्खा हुंदै गएपछि किसानहरु अलमलमा परेका छन् । खडेरी अझै केही समय लम्बिएमा मानिस र पशु चौपायालाई समेत पानी पिउनमा संकट आउने सवाकटहरेकी अम्बरी राईले बताईन् । खडेरीका कारण कोदोको विउ राख्न, रोपाई गर्न नसकिएको राईको भनाई छ । ४० हजार हेक्टरमा मकै खेती हुने जिल्लामा आधा भूुभागका मकैका विरुवा सुकेर जाँदा भोकमरी चल्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

     

     


    २०७६ असार २० गते साँझ ६ :१९ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

    चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

    उत्साहजनक छैन मादल व्यापार

    चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

    गिट्टी कुटेर तिहार मनाउनु छ

    चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

    सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

    समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

    खेलकुदमा राजनीतिकरण

    समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

    मुख्य समाचार

    गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

    चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

    उत्साहजनक छैन मादल व्यापार

    चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

    गिट्टी कुटेर तिहार मनाउनु छ

    चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

    सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

    समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

    खेलकुदमा राजनीतिकरण

    समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...