दहमा डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभा

चिसाङ शेर्पा खोटाङ,
प्राक्टिकल भ्रमण जाँदा साप्सुखोलाको दहमा डुबेर ज्यान गुमाएका दुईजना विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । दिक्तेल प्राविधिक शिक्षालयमा सव-ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका १६ वर्षिय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।


नेपाल विधार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सोमबार दिक्तेलस्थित विपि स्मृती भवनमा आयोजना गरिएको कार्यक्रममा ज्यान गुमाएका बस्नेत र भट्टराईको तस्विरमा आमाबुबा तथा अन्य ब्यक्तिहरुले माल्र्यापण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन् । मृतकद्धयको तस्विरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व पार्टी सभापति विष्णुकुमार राई, एलिसका आमाबुबा दुर्गा बस्नेत/ईन्द्र बहादुर बस्नेत, बिक्रमका आमाबुबा राजन भट्टराई/कमला भट्टराई, शिक्षालयका प्रमुख सिताराम राई, विधार्थी नेता लगायतले श्रद्धाञ्जली ब्यक्त गरे ।


लगनशील, मेहनती र अनुशासित विधार्थीहरुले अकालमै ज्यान गुमाएको प्रति दुःख ब्यक्त गर्दै उनीहरुको सम्झना तथा सम्मानमा कार्यक्रम गरिएको नेपाल विधार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर संयोजक मोतिचन्द्र राईले बताए । शिक्षालयले १८ जेठमा प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेका थिए । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएका थिए ।


२०७६ असार ९ गते साँझ ६ः१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...