Samayojan khabar

Advertisment

SKIP THIS

क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग, घरको सिसा फुट्दा मेयरलाई ३० लाख

समायोजन खबर काठमाण्डौ,
सरकारले बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो ।


साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।
घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध ¥यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए ।

 

त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे.१झ १२१ नम्बरको गाडीमा र बा.१०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे.७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
२०७६ असार ९ गते राती ८ :३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...