बन्दीलाई अझै पशुवत व्यवहार

समायोजन खबर काठमाडौं,
जेललाई अपराधकर्मको सजाय भुक्तान गर्ने थलो मात्रै नभई सुधारगृहका रूपमा परिष्कृत गर्न अधिकारकर्मी तथा सरोकारवालाले आवाज उठाउँदै आए पनि कैदीबन्दीमा अझै पशुवत व्यवहार हुने गरेको छ । पछिल्लो समय डिल्लीबजारस्थित कारागारमा रही स्वास्थ्योपचारका लागि वीर अस्पतालमा लगिएका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा ‘नेल’ लगाएको तस्वीर र समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसबारे टीकाटिप्पणी भएका छन् ।

 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि लिएर सामान्य नागरिकसम्मले सामाजिक सञ्जालमा यस घटनाबारे आफ्नो धारणा राखेका छन् । धेरैजसोले कैदीबन्दीलाई उपचारका समयमा समेत ‘नेल’ लगाएर राखेकोमा असन्तुष्टि जनाएका छन् । चौधरीलाई निर्वाचित गराउने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले त गम्भीर आपत्ति नै जनाएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले शुक्रबार नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चौधरीको खुट्टामा लगाएको नेल खोल्न आग्रह गरेका थिए । संयोजक झाका अनुसार महानिरीक्षक खनालले जेल प्रशासनसँग समन्वय गरेर यस विषयमा पहल गर्ने आश्वासन दिएका थिए । ‘प्रहरी महानिरीक्षकज्यूले मलाई शुक्रबार नै रेशम चौधरीको खुट्टाबाट ‘नेल’ खोलिएको जानकारी दिनुभएको थियो,’ झाले भने, ‘हाम्रो आग्रह सुनिदिनुभएकोमा उहाँलाई धन्यवाद छ ।’

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरीलाई लगाइएको ‘नेल’ खोल्न निर्देशन दिँदै ‘नेल’ लगाउने प्रहरीमाथि कारबाही गर्न आदेशसमेत दिएका छन् । नेपाल प्रहरीका अवकाशप्राप्त एक अधिकारीले प्रधानमन्त्रीको यो निर्देशन ‘सस्तो लोकप्रियतामा केन्द्रित’ रहेको टिप्पणी गरे । एआइजिपी पदबाट अवकाश पाएका ती अधिकारीले भने, ‘निर्देशन नै दिनुछ भने प्रधानमन्त्रीले जेलमा रहेका कुनै पनि कैदीबन्दीलाई ‘नेल’ नलगाउन निर्देशन दिएको भए राम्रो हुन्थ्यो, एकजना कैदीबन्दीलाई मात्र प्रधानमन्त्रीले विशेष सुविधा दिन मिल्दैन, ‘नेल’ लगाउने प्रहरी कर्मचारीलाई कारबाहीको निर्देशन दिनु त झनै आश्चर्यजनक हो ।’

 

उनका अनुसार जेललाई नै नेलरहित बनाउने हो भने कुनै पनि प्रहरी कर्मचारीले घरबाट ‘नेल’ ल्याएर कैदीबन्दीलाई लगाउँदैनन् । ‘सरकारले नीति बनाउने हो, कानुनमा कमी कमजोरी भए सुधार गर्ने हो,’ उनले भने, ‘नेल लगाउने चलन भएकाले नै त लगाइएको होला । त्यसलाई सरकारले खारेज गर्नुप¥यो । खारेज गरिसकेपछि पनि त्यस्तो अभ्यास पाइएमा पो कारबाही गर्ने त ।’

२१ औं शताब्दीमा मानवअधिकारको दायरा फराकिलो हुँदै गएको जनाउँदै उनले कैदीबन्दीलाई ‘नेल’ लगाउनु मानवअधिकारको दृष्टिले गलत हुने बताए । ‘तर, परिस्थितिजन्य अन्य कुरालाई पनि नजरअन्दाज गर्न मिल्दैन,’ उनले भने, ‘दुईवटा प्रहरीको भरमा अस्पतालमा राजनीतिक पृष्ठभूमिको एउटा कैदीबन्दीको सुरक्षा कति सहज होला, ऊ भागेको खण्डमा सुरक्षामा खटिएका तिनै निरीह पुलिस त कारबाहीमा पर्ने हुन् ।

नेल कसले खुलायो ?
राजपा नेता अनिल झाले शनिबार फेसबुकमा लेखे, ‘डिल्लीबजार कारावासमा रहनुभएका र बिरामी भएर वीर अस्पतालमा उपचाररत राजपा नेपालका सांसद मा. रेशमलाल चौधरीज्यूको गोडामा बेडी बाँधेरै उपचार गरिराखेको बारे नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालज्यूलाई सुझाइएकोमा उहाँले यो कार्य कारागार प्रशासनको मातहतको हो र हामीले उहाँहरूसँग समन्वय गरेर मात्र केही गर्न सक्ने बताउनु हुँदै त्यसका निमित्त तत्काल पहल गर्ने बताउनुभएको थियो ।’

उनले अगाडि लेखेका छन्, ‘तर हिजै (शुक्रबार) रेशमजीको गोडाको बेडी खोलिएको छ, यस क्याम्पेनमा सहयोग गर्नुहुने सबै महानुभावहरूमा राजपा नेपालको तर्फबाट हाद्र्धिक आभार व्यक्त गर्दै नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालजी र कारागार प्रशासनलाई धन्यवाद दिन चाहन्छौं ।’

 

यता, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी ‘रासस’ ले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारबाही गर्न मुख्यसचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले कुनै पनि कैदीबन्दीलाई त्यस प्रकारको साङ्लो लगाउने प्रथा नै अन्त्य गर्न निर्देशन दिएका हुन् वा रेशम चौधरीको हकमा मात्र त्यस्तो निर्देशन आएको हो भन्ने प्रस्ट छैन ।

प्रधानमन्त्रीले सबै नागरिकका लागि समान व्यवहार गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । ‘संविधानले समेत विभेदरहित समाजको परिकल्पना गरेको छ,’ प्रहरीका अवकाशप्राप्त ती एआइजीले भने, ‘प्रधानमन्त्रीको निर्देशन सबै कैदीबन्दीका हकमा हो भने त्यो स्वागतयोग्य नै हो, कोही एकजनाका लागि मात्र विशेष सुविधाको कुरा भएको हो भने त्यो फेरि पनि दुर्भाग्यपूर्ण हो ।’
२०७६ असार ८ गते राती ८ :५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...