मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै प्रधानमन्त्री समक्ष हस्ताक्षर पठाइयो

चिसाङ शेर्पा खोटाङ,
मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै खोटाङमा संकलित हस्ताक्षर प्रधानमन्त्री समक्ष पठाइएको छ । गत बैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले प्रेस स्वतन्त्रतालाई निमोठ्न खोजेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले बिहीबार संकलन गरेकोे हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत शुक्रबार प्रधानमन्त्री समक्ष पठाइएको हो ।

संकलित हस्ताक्षर शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राईले प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई बुझाएका छन् । हस्ताक्षर बुझ्दै प्रजिअ उपाध्यायले, संकलित हस्ताक्षर आईतबार प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । महासंघका ७७ वटै शाखाहरुले संकलित बीस हजार भन्दा बढी हस्ताक्षर हिजो प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएका छन् ।

मिडिया काउन्सिल विधेयक विरुद्ध महासंघको तेश्रो चरणको अन्य दबावमूलक कार्यक्रम अन्तरगत १५ असारमा निर्वाचित सङघीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत सन्देश पठाएर विधेयकका वारेमा ध्यानाकर्षण गराउने, असार २५ गते लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम छ । ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । ‘समाचार जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने,’ विधेयकमा उल्लेख छ ।
२०७६ असार ७ गते बिहान ८ :२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार