खोटाङमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध प्रभातफेरी

समायोजन खबर खोटाङ,
लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध खोटाङमा प्रभातफेरी निकालिएको छ । दुव्र्यसनीका कारण समाजमा हुने अपराधिक गतिविधिलाई न्यूनिकरण गर्दै शान्ति स्थापनार्थ जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले बिहिबार बिहान लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध दिक्तेलमा प्रभातफेरी निकालेको हो ।


लागुऔषध दुरुपयोग तथा ओसार पसारका कार्यलाई निरुत्साहित गर्नका लागि प्रभातफेरी निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिक्तेलको रत्नपार्कबाट सुरु भएको प्रभातफेरी हाटडाँडामा पुगेर टुंगिएको थियो । प्रभातफेरीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले लागू औषधको प्रयोगका कारण व्यक्तीको स्वास्थ्य, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा प्रतिकूल असर पर्ने भएकाले यसका बिरुद्ध नागरिकलाई सचेत बनाउनु पर्ने बताए । ‘बजार विस्तार एबं सडकको पहुँच विस्तारसँगै लागुऔषध दुरुपयोग तथा ओसार–पसारको गतिविधि बढ्ने सम्भावना बढि हुन्छ,’ प्रजिअ उपाध्यायले भने, ‘लागूऔषधको दुरुपयोग र ओसार पसार रोक्नमा यातायात व्यवसायी र मेडिकल सञ्चालकको प्रतिवद्धता आवश्यकता रहन्छ ।’


अशान्ति, घरेलु हिंसा, यौन दुव्र्यवहार, चेलीबेटी बेचबिखन, बहुविवाह, लैंगिक विभेद तथा सवारी दुर्घटना लगायतका बिरुद्धमा बेला–बेलामा अभियान चलाउँदै आएको प्रहरीले लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध प्रभातफेरी निकालेको हो । प्रहरीले कार्यक्रमका माध्यमबाट लागू पदार्थको प्रयोगबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रभातफेरीमा दलका नेता, कार्यालय प्रमुख, सुरक्षाकर्मी, संघसंस्था तथा अधिकारकर्मी लगायतको सहभागीता रहेको थियो ।
२०७६ असार ५ गते राती ८ :२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...