सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं,
संघीय सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेटमा संघीय सांसदहरुलाई विकास निर्माणमा प्रत्यक्ष सहभागी गराउने भन्दै प्रतिसांसद ६ करोड रुपैयाँका दरले बजेट विनियोजन ग¥यो । संघीय सरकारको यो ‘ट्रेन्ड’ लाई प्रदेश सरकारले पनि पछ्याएका छन् ।

 

तीन तहका सरकार भएका बेला सांसदलाई बजेट बाँड्नु उपयुक्त नहुने भन्दै संघीय सांसदहरुले विरोध गरिरहेका बेला प्रदेश सरकारहरुले भने सांसदलाई पैसा बाँड्न होडबाजी नै गरेका छन् । अघिल्लो वर्ष प्रदेश नम्बर ३ र गण्डकी प्रदेशले सांसदलाई रकम बाँडेका थिएनन् । तर, सांसदहरुलाई रकम बाँड्ने परम्परालाई यस वर्ष यी प्रदेशहरुले पनि समातेका छन् । अघिल्लो वर्ष बजेट छुट्याएका प्रदेशहरुले पनि यसमा बजेट वृद्धि गरेका छन् । प्रदेश ५ ले भने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षकमा यसपालि बजेट विनियोजन गरेन । आगामी आर्थिक वर्षका लागि आइतबार सार्वजनिक गरिएको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि कुन प्रदेशले कति बाँड्ने उल्लेख गरे ? अब त्यसतर्फ चर्चा गरौं ।
प्रदेश एक– १ अर्ब ८४ करोड
प्रदेश एकले आगामी आर्थिक वर्षका लागि बिनियोजन गरेको बजेट मध्ये १ अर्ब ८४ करोड रुपैयाँ प्रदेश सांसदहरुका लागि विनियोजन गरेको छ । प्रदेश एकले यस वर्ष दुई तरिकाले यस्तो बजेट विनियोजन गरेको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम भनेर प्रत्येक निर्वाच क्षेत्रलाई २ करोड ५० लाख रुपैयाँका दरले हुन आउने १ अर्ब ४० करोड रुपैयाँ एउटा शीर्षकमा बजेट विनियोजन गरेको प्रदेश एकले निर्वाचन क्षेत्र विकास कार्यक्रम भनेर छुट्टै ५० लाखका दरले ४८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

यो सबै सांसदहरुकै सहभागितामा विकास गर्ने भन्दै विनियोजन गरेको बजेट हो । यो सबै जोड्दा प्रतिसांसद ३ करोड रुपैयाँ हुन आउँछ भने कुल १ अर्ब ८४ करोड हुन्छ । प्रदेश एकको सरकारले अघिल्लो वर्ष प्रतिसांसद २ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो ।
प्रदेश दुई– २ अर्ब ३५ करोड
प्रदेश दुईको सरकारले पनि दुई तरिकाले सांसदहरुका लागि रकम छुट्याएको छ । २ नम्बर प्रदेश सरकारले प्रतिसांसद ३ करोड रुपैयाँका दलरे रकम विनियोजन गरेको छ । जसमध्ये निर्वा्चित र समानुपातिक दुबै सांसदले आफ्नो इच्छा अनुसार खर्च गर्ने गरी बजेट विनियोजन पाउने उल्लेख छ । प्रदेशका निर्वा्चित सांसदले करोडका दरले पाउनेछन् । संसदीय विकास कार्यक्रम भनेर सोहि उद्देश्यको बजेट प्रति सांसद २ करोड रुपैयाँको दरले प्रदेश सरकारले विनियोजन गरेको छ । यो दुबै गरेर यस शीर्षकमा प्रदेश सरकारले २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।प्रदेश २ ले अघिल्लो वर्ष चालु आर्थिक वर्षका लागि प्रतिसांसद ५० लाख रुपैयाँमात्रै छुट्याएको थियो ।

प्रदेश तीन– १ अर्ब ९८ करोड
प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कार्यक्रम प्रदेश सरकारले समेटेको थिएन । संघ र अन्य प्रदेशहरु जस्तै यो प्रदेश सरकारले पनि सांसदहरुलाई सविकास कार्यमा सहभागी गराउनकै लागि यस कार्यक्रम समावेश गरेको हो । यसका लागि प्रदेश सरकारले १ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
गण्डकी प्रदेश– ७२ करोड
गण्डकी प्रदेशले अघिल्लो आर्थिक वर्ष सांसदहरुका लागि बजेट विनियोजन गरेको थिएन । अघिल्लो वर्ष सांसदलाई बजेट नछुट्याएको यस प्रदेशले आगामी आर्थिक वर्ष ०७६(७७ का लागि भने बजेट विनियोजन गरेको छ । यस प्रदेशले निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम सञ्चालन गर्न भन्दै ७२ करोड रुपैयाँ विनियोजन गरेको हो । यस प्रदेशमा प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र छन् । जसअनुसार प्रतिनिर्वाचन क्षेत्र २ करोड रुपैयाँ हुन आउँछ ।
कर्णाली प्रदेश– १ अर्ब २० करोड
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्ने बजेट उल्लेख गरेको छ । उक्त कार्यक्रमका लागि भन्दै कर्णाली प्रदेशले १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । जसअनुसार प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ हुन आउछ । अघिल्लो वर्ष पनि कर्णाली प्रदेशले ५ करोड रुपैयाँ नै विनियोजन गरेको थियो । यो प्रदेशले पूर्वाधार विकासमा जनप्रतिनिधिको स्वामित्व स्थापित गर्ने भन्दै जनता सडक कार्यक्रमलाई निरन्तरता दिन थप ६३ करोड रुपैयाँसमेत विनियोजन गरेको जानकारी गराएको छ ।
सुदुरपश्चिम प्रदेश– ९६ करोड
सुदुरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । प्रदेश सरकारको अघिल्लो बजेटमा पनि यो कार्यक्रम थियो । यसलाई निरन्तरता दिँदै प्रदेश सरकारले बजेट समेत बिनियोजन गरेकोछ । बजेट बढाएर सुदुरपश्चिमले यो शीर्षकमा ९६ करोड रुपैयाँ र्पुयाएको छ । जसअनुसार प्रतिनिर्वाचन क्षेत्र ३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले प्रतिनिर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।
२०७६ असार २ गते बिहान ७ :३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...