भेट्टाएको ३१ हजार पैसा फिर्ता

समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका”११ खार्मीकी लक्ष्मी राईले हराएको ३१ हजार ५५ रुपैयाँ फिर्ता पाएकी छन् । मंगलबार साँझ दिक्तेलबजारको रत्नपार्कमा हराएको रकम लक्ष्मीले बुधबार फिर्ता पाएकी हुन् । भेटेको रकम सम्वन्धित व्यक्तीलाई फिर्ता गर्ने इमान्दार व्यक्ती हुन् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका”२ निगालेकी अनिता थापा । घर फर्कनेक्रममा बाटोमा फेला परेको रकम अनिताले जिल्ला प्रहरी कार्यालयमा प्रहरीको रोहबरमा लक्ष्मीलाई फिर्ता गरेकी छन् ।

दिक्तेल बजार आएर किनमेल गर्दै फर्कनेक्रममा लक्ष्मीले पैसाको पर्स नै हराएकी थिईन् । हराएको पैसा इमान्दार व्यक्तीले भेट्दा फिर्ता पाएको भन्दै लक्ष्मीले अनितालाई धन्यबाद दिएकी छन् । भेटेको पैसा फिर्ता गर्ने अनिता दिक्तेल इंलिस बोर्डिङ स्कुलकी शिक्षिका हुन् भने पैसा फिर्ता पाउने लक्ष्मी गाउँकै जनकल्याण आधारभुत विद्यालयकी शिक्षिका हुन् ।

विभिन्न व्यक्तीले फोन गरेर भेटेको पैसामा दावी गरेपछि अनिताले जिल्ला प्रहरी कार्यालय पुगेर महिला नेतृ तथा अधिकारकर्मीको उपस्थितिमा पैसा फिर्ता गरेकी हुन् । भेटेको पैसा फिर्ता गरेर अनिताले इमान्दारिताको नमूना पेश गरेकी जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए । ‘अहिले इमान्दारिताको खडेरी छ,’ डिएसपी गौतमले भने, ‘भेटेको पैसा फिर्ता गरेर उहाँले समाजमा सकरात्मक सन्देश दिनुभएको छ ।’
२०७६ जेठ २९ गते राती ८ :२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार