Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षालाई विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

चिसाङ शेर्पा खोटाङ,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकासमा जोड्नुपर्ने बताउनु भएको छ । शिक्षा भनेको पुर्वाधारभित्रको पनि पुर्वाधारभित्र पर्ने भएकाले बिग्रिहालेमा सपार्न गाह्रो हुने भएकाले शिक्षाको परम्परागत कुरा त्यागेर शिक्षालाई विकाससँग जोड्नु पहिलो शर्त भएकाले अब शिक्षालाई विकासमा जोड्नुपर्ने बताउनुभयो ।

 

नेपालको शिक्षाको परिवर्तन कसैले गर्न सक्छ भने त्यो शिक्षकले मात्रै गर्न सक्छ । हामीले स्थानीय सरकारलाई जिम्मा दियौं, अब सवै ठिकठाक हुन्छ भन्नु हुन्छ भने त्यो राजनीतिक नेतृत्वको प्रश्न हो । मंगलबार खोटाङको नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयकोे उद्घाटन गर्नुहुंदै शिक्षामन्त्री पोखरेलले शिक्षकको परिवर्तनको नेतृत्व शिक्षकले लिनुपर्छ । शिक्षक वाहेक अर्को विकल्प छैन । शिक्षकले आफूलाई अपग्रेड गर्नुपर्छ । सक्षम बनाउनुपर्छ । हामीले सिकाई केन्द्रीत शिक्षा गरेनौ, शिक्षामा क्रान्ती भएको छैन, सुधार भएको छैन । परिवर्तन भएको छैन । राजनीतिक परिवर्तनसँग मेल खाने शिक्षा नीति नबनेकाले शिक्षामा त्रृटि भएको बताउनुभयो ।

महुरेगढी वहुप्राविधिक शिक्षालयकोे उद्घाटनमा बोल्नुहुंदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । तस्विर चिसाङ शेर्पा

गृह जिल्लामा विभिन्न कार्यक्रम लिएर आउनुभएका शिक्षामन्त्री पोखरेलले प्रमाणपत्रको लागि शिक्षा नभएको बताउनुभयो । शिक्षा जीवनको लागि हो । विधार्थीले सिकेको शिक्षाले संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सक्ने हैसियत उनलाई बनाई दिनुपर्छ । यो कुराका लागि शिक्षकहरुले आफूलाई सक्षम बनाउनुपर्छ । ‘शिक्षक साथीहरु सक्नुहुन्छ शिक्षण पेशामा रहनुहोस, सक्नुहुन्न शिक्षण पेशा छोडिदिनुहोस ।’ म सबैलाई अनुरोध गर्छु किनभने हिजोको ढंगले नेपालको शिक्षा हुदैन । युग नयाँ ठाउँमा गयो । नेपाल नयाँ ठाउँमा पुगेको छ । अनि जागिर खानको लागि शिक्षामा आउने हैन । जागिर खाने अरु ठाउँ छन् । व्यावसाय गर्ने अरु ठाउँ छ । यो भनेको देश बनाउने ठाउँ हो । यो नयाँ पुस्तालाई तयार गर्ने काम हो ।

शिक्षामा नयाँ उपलब्धिहरु प्राप्त गर्नुपर्ने भएकाले आउने आर्थिक वर्ष पछाडी कक्षा ८ सम्म रंगीन पुस्तक दिदैछौ, शिक्षण सिकाई अनुदान दिनेछौ, शुन्य दरबन्दी भएका विधालयलाई अहिले नै शिक्षण सिकाई दरबन्दी दिदैछौ । यसले नपुग्ने भएर माटो चिन्ने, देश चिन्ने भनेर यतिखेर स्वयम्सेविकी अभियान लिएका छौ । उहाँले भन्नुभयो, ग्राजुयड, मास्र्टस गरेकालाई युनिर्भसिटीसँग कुरा गरेर गाउँघरमा शिक्षक पठाएर शिक्षकको समास्या समाधान गरिरहेका छौ । डि ग्रेड ल्याएका मान्छेलाइ लगेर एजुकेसन पढाउने प्रक्रिया बन्द गर्दैछौ । शिक्षामा उम्दा मान्छेहरु आउनुप-र्यो ।

शिक्षालयलाई निःशुल्क जग्गा दान गर्ने स्थानीय दिपक कुमार राईलाई सम्मान गर्नुहुंदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । तस्विर, चिसाङ शेर्पा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २०७५ सालमा स्थापना भएको शिक्षालयमा डिप्लोमा ईन फरेस्ट्री कार्यक्रम सञ्चालित छ । प्राविधिक शिक्षालयमा विल्डिङ इलेक्ट्रिसियन, सामुदायिक वन सहजकर्ता, मसरुम प्रोड्युसर, बेमौसमी तरकारी खेती, मोटरसाइकल मेकानिक, मोबाईल मर्मतकर्ता, सामुदायिक पशु सहायकजस्ता छोटो अवधिका तालिमहरु संचालन हुंदै आईरहेको शिक्षालय प्रमुख भानु पौड्यालले बताए । कार्यक्रममा शिक्षालयलाई निःशुल्क जग्गादान गर्ने ११ जना स्थानीयलाई सम्मान गरिएको छ ।

२०७६ जेठ २८ गते साँझ ७ :०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...