हावाहुरीबाट मृत्यु भएका परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले डेढ लाख राहत दिने

समायोजन खबर  काठमाण्डौ,
गत बिहीबार हावाहुरीबाट मृत्यु भएका दुई जनाको परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी मृत्यु भएका परिवारलाई राहात स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले हावाहुरीका कारण पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपुर्तिस्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय पनि गरेको छ । त्यस्तै पशुपंक्षी, कृषिलगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको छ । प्रदेश सरकारले विभिन्न संघसंस्थाबाट आउने राहत मुख्यमन्त्री राहत कोष मार्फत वितरण गर्ने निर्णय पनि गरेको छ । गत बिहीबार ठूलो हावाहुरी चल्दा कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको थियो भने सयौँ घरमा क्षति भएको छ ।
२०७६ जेठ २६ गते साँझ ६ :३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

दहमा डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभा

चिसाङ शेर्पा खोटाङ, प्राक्टिकल भ्रमण जाँदा साप्सुखोलाको दहमा डुबेर...

बेपता दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि अनलाईन लोगो

समायोजन खबर उदयपुर, माछा मार्ने क्रममा बेपता भएका उदयपुरको...

फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

समायोजन खबर काठमाडौ, भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३...

इटहरी उपमहानगरका प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

समायोजन खबर सुनसरी, सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग...

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

समायोजन खबर काठमाडौ, बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको...

मुख्य समाचार

सुनको मूल्य तोलामा ६५ हजार ५ सय

समायोजन खबर काठमाडौं, सुनको मूल्यमा मंगलबार पुनः नयाँ रेकर्ड...

एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस

समायोजन खबर काठमाडौं, यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात...

जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

समायोजन खबर काठमाण्डौ, प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका...

गुठी विधेयक आज फिर्ता हुने

समायोजन खबर काठमाण्डौ, राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार...

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा अनलाईन लोगो

समायोजन खबर काठमाडौं, दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण...