शैक्षिक प्रमाणपत्र धितो राखेर जम्मा ६ जनाले मात्रै ऋण लिए

समायोजन खबर काठमाण्डौ,
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको नौ महिनाको अवधिमा ६ जनाले मात्रै ऋण लिएका पाइएको छ । अर्थ मन्त्रालयले गएको जेठ ९ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा शैक्षिक प्रमाणपत्र धितो राखेर ६ जनाले २५ लाख रूपैंया ऋण लिएको पाइएको हो । सरकारले गएको भदौ महिनामा शैक्षिक प्रमाणपत्र धितो राख्न मिल्ने प्रस्ताव पास गरेको थियो ।

स्नातक पास गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न पाउने भए पनि बैंकले दिन आनाकानी गरेका कारण थोरै विद्यार्थीले मात्र ऋण लिएको राष्ट्रिय यूवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सीआईएनसँग बताउनुभयो । नेपाल राष्ट्र बैंकले भने सबै बैंकलाई ऋण प्रवाह गर्न धेरै पटक परिपत्र जारी गरिएको जनाएको छ । जुनसुकै विषयमा स्नातक पास गरेको र ४० वर्ष नकटेकाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाखसम्म ऋण लिन पाउने व्यवस्था छ भने माध्यामिक शिक्षा पास गरेको २५ वर्ष नकटेकोले उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि पाँच लाख ऋण झिक्न पाउने व्यवस्था छ ।


२०७६ जेठ २४ गते बिहान ९ :०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

दहमा डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभा

चिसाङ शेर्पा खोटाङ, प्राक्टिकल भ्रमण जाँदा साप्सुखोलाको दहमा डुबेर...

बेपता दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि अनलाईन लोगो

समायोजन खबर उदयपुर, माछा मार्ने क्रममा बेपता भएका उदयपुरको...

फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

समायोजन खबर काठमाडौ, भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३...

इटहरी उपमहानगरका प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

समायोजन खबर सुनसरी, सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग...

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

समायोजन खबर काठमाडौ, बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको...

मुख्य समाचार

एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस

समायोजन खबर काठमाडौं, यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात...

जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

समायोजन खबर काठमाण्डौ, प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका...

गुठी विधेयक आज फिर्ता हुने

समायोजन खबर काठमाण्डौ, राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार...

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा अनलाईन लोगो

समायोजन खबर काठमाडौं, दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण...

पेस्तोलसहित दुई जना पक्राउ

समायोजन खबर मोरङ, प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई...