Samayojan khabar

Advertisment

SKIP THIS

अगुवा कृषकलाई तालिम

चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलमा प्राङगारिक कृषि सचेतना तथा अगुवा कृषकहरुका लागि तालिमको आयोजना गरिएको छ । अर्गानिक कृषिलाई अभियानको रुपमा लैजानलाई तालिमको आयोजना गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालित तालिममा दिक्तेल रुपाकोट मझुवगढी नगरपालिकाभित्र १५ वडाका अगुवा कृषकहरुले सहभागिता जनाएका छन् ।


नगरपालिकाको कृषि/पशु विकास शाखाको आयोजना तथा नेपाल पर्माकल्चर समुहको प्राविधिक सहयोगमा सुरुवात भएको तालिमको पहिलो दिन १५ वडाका वडाध्यक्ष, कृषि कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिका अगुवा कृषकहरु, कृषिसँग सम्वन्धित कार्यालय प्रमुख, कृषिसँग सम्वन्धित गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, कृषि फर्म सञ्चालकहरुले सहभागिता जनाएको नगरपालिकाका कृषि तथा पशु शाखाका गणेश प्रसाद आचार्यले बताए । आगामी विहीबारसम्म सञ्चालन हुने तालिमको पहिलो दिन कृषिसँग सम्वन्धित व्यक्तिहरुसहित जनप्रतिनिधिलाई राखेर एक दिने कार्याशाला गोष्ठीसँगै तालिम सुरु गरिए पनि मंगलबारबाट भने अगुवा कृषकहरुलाई मात्रै तालिम दिइने आचार्यले बताए ।

 

वर्तमान कृषि प्रणालीको विश्लेषण, प्राङ्गरिक कृषिको सन्दर्भमा सचेतना जगाउन, प्राङगरिक कृषिको महत्वको वारेमा छलफल/अनुभव आदानप्रदान तथा स्पष्ट हुन, प्रर्वदनमा लाग्न प्रेरणा र दायित्व बोध गराउन तथा प्राङ्गरिक कृषिको प्रर्वदनका सन्र्दभमा आवश्यक स्रोत, साधन सिप तथा प्रविधिको उपर्युक्त समायोजन कार्यको सुरुवात गराउने लक्ष्य राखिएको तालिमको नेपाल पर्माकल्चर समुहका अध्यक्ष डा. प्रेम बहादुर थापा, र सदस्य पार्वती खड्काले सहजीकरण गरिहरेका छन् ।


तालिमको उद्घाटन गर्दै नगरप्रमुख दिपनारायण रिजालले अर्गानिक कृषिलाई अभियानको रुपमा लैजानका लागि तालिमको आयोजना गरिएको बताएका छन् । रासायनिक मल र विषादीलाई घटाउन र प्राङ्गरिक मललाई बढी भन्दा बढी प्रयोग गर्ने भन्नेमा जागरुक बनाउनलाई तालिमले सहयोग पुग्नेछ । नगरप्रमुख रिजालले भने, ‘अर्गानिक कृषि अभियान सफल हुनलाई वडा र नगरपालिकाले मात्रै चाहेर अभियान सफल हुन सक्दैन । यो अभियान सफल हुनमा सवैजना मन, मष्तिष्क र दिमागी रुपमा तयारी हुन जरुरी छ । तालिमले त्यो तयारी सिर्जना गर्न खोजेको हो ।’
२०७६ जेठ २० गते साँझ ६ :०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...