शैक्षिक भ्रमण गएका विधार्थी लाश बनेर फर्किए

समायोजन खबर खोटाङ,
पढेर जागिर खाने अनि पैसा कमाएर आमा बुबालाई सुखसयलमा राख्ने सबै छोराहरुको सपना हुन्छन् । यहि सपनाको बुुई चढेर दिन प्रतिदिन कडा मेहेनत गरिरहेका दुई विधार्थीले अकालमै ज्यान गुमाए । प्राविधिक शिक्षा पढेर देशका लागि कर्मठ व्यक्ति बन्ने चाहाना उनीहरुको एउटा खोलाको दहमा समाप्त भयो ।

 

कुनै पनि अभिभावकले छोराछोरी बिग्रियोस, नासियोस भन्दैन । अभिभावकको दोश्रो रुप हो शिक्षक, गुरु । गुरुले पनि कहिल्यै आफ्नो विधार्थी बिग्रियोस र मरोस पनि भन्दैन, गुरुको त एउटै चाहाना हुन्छ । उनीहरु ठूलो मान्छे बनोस, जागिर खाउन् । यहि सपना बुनिरहेका दिक्तेल प्राविधिक शिक्षालयले विधार्थीलाई अझै तिक्ष्ण बनाउनका लागि गत शनिबार प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगे । तर, विधार्थी अथवा शिक्षकको गल्तीले (अनुसन्धान भइरहेको) सो शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको पौडी खेल्ने क्रममा साप्सुखोला दहमा डुबेर ज्यान गयो ।


विधार्थी डुबेर मृत्यु भएको खबर सनसनीपुर्ण बजारमा फैलिन थाले । घट्नास्थलमा प्रहरी पुगेर करीव २/३ घण्टा लगाएर शव दह बाहिर निकाले । ट्याक्टरमा हालेर शव जिल्ला अस्पतालमा परिक्षणका लागि ल्याइयो । तर, मृतक विधार्थीका आफन्तले पोष्टमार्टम घरभित्र शव हाल्न दिएनन्, शिक्षालय सञ्चालकलाई कारबाही र उचित क्षतिपूर्तीको माग राखेर । सोही साँझ शिक्षालय सञ्चालकका तर्फबाट तीन र मृतक विधार्थीका आफन्तका तर्फबाट तीनजना वार्ता टोली बनाएर आईतबार बिहान जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको रोहवरमा दुई पक्षविच सहमतीको प्रयास भए पनि सहमति नमिलेपछि मध्यान्हबाट मृतकका आफन्तहरु उग्र बन्दै दिक्तेलको हाटडाँडाबाट त्रिवेणीचोक, रत्नपार्क, भवनगैरासम्म शिक्षालय सञ्चालक विरुद्ध चर्को नारावाजी गर्दै बजार बन्द गराए । आन्दोलन नै गर्नु परेको मृतक एलिसका मामा विनोद वस्नेतले बताए ।

 

आफन्तहरु उचित क्षतिपूर्तीको माग राख्दै आन्दोलन गर्दै थिए । कतीले शिक्षकलाई दोष लगाए कतीले विधार्थीलाई । मर्ने त मरि गए अब कराएर, आन्दोलन गरेर हुन्न सहमती नै अन्तिम विकल्प हो भनेर बुद्धि निकाले अन्ततः आईतबार दिउँसो मृतक दुई विधार्थीका आफन्त र शिक्षालय सञ्चालकविच मृतकका परिवारलाई १/१ लाख किरिया खर्च र ५/५ लाख राहत रकम दिने सहमति भयो । तत्काल प्रति मृतक परिवार ५० हजार दिने र बाँकी रकम १५ दिनभित्रमा दिने सहमतीपछि आन्दोलन गरेका आफन्त गले, एकातिर पुत्र वियोगमा छटपटाई रहेका आमाबुबाहरु न्यास्रो मुख लगाएर घर फर्किए । दुबैजना दुबै घरका एकएक छोरा एलिस र विक्रम सदाका लागि चिर निन्द्रमा परिरहे ।


शिक्षालय र आफन्तविच सहमती भएपछि सोमबार (आज) शव परिक्षण गरिने र आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । त्यसपछि आफ्नो संस्कार अनुसार परिवारले उनीहरुको संस्कार गर्नेछ । ज्यान गुमाएका साथी र त्यही प्राविधिक शिक्षालयमा अध्ययनरत विधार्थीहरु साथीको बिछोडमा कुहिरोमा हराएको काग झै भए, सवैको मुहार उजाड लाग्दो देखिन्थ्यो, देखिन्छ । कतीले घट्ना प्रत्यक्ष देखे तर, हामीले सोध्ने क्रममा भक्कानिएर बोल्नै मानेन् । विधार्थीको ज्यान गएपछि सबैले सामाजिक सञ्जालबाट दुःख व्यक्त गरे । नेकपा खोटाङ र खोटाङ कांग्रेसले शोक विज्ञप्ती मार्फत विधार्थीको मृत्युमा गहिरो दुःख ब्यक्त गरे ।
२०७६ जेठ २० गते बिहान ८ :५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

दहमा डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभा

चिसाङ शेर्पा खोटाङ, प्राक्टिकल भ्रमण जाँदा साप्सुखोलाको दहमा डुबेर...

बेपता दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि अनलाईन लोगो

समायोजन खबर उदयपुर, माछा मार्ने क्रममा बेपता भएका उदयपुरको...

फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

समायोजन खबर काठमाडौ, भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३...

इटहरी उपमहानगरका प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

समायोजन खबर सुनसरी, सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग...

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

समायोजन खबर काठमाडौ, बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको...

मुख्य समाचार

एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस

समायोजन खबर काठमाडौं, यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात...

जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

समायोजन खबर काठमाण्डौ, प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका...

गुठी विधेयक आज फिर्ता हुने

समायोजन खबर काठमाण्डौ, राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार...

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा अनलाईन लोगो

समायोजन खबर काठमाडौं, दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण...

पेस्तोलसहित दुई जना पक्राउ

समायोजन खबर मोरङ, प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई...