विधार्थी मृत्यु प्रकरण : डुबेर ज्यान गुमाएका बिद्यार्थीका परिवारलाई ६ लाख

समायोजन खबर खोटाङ,
खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षिय एलिस बस्नेत र बिक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले ६/६ लाख दिने सहमती भएको छ । प्राक्टिकल अध्ययनका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेकोबेला दहमा डुबेर ज्यान गुमाएका बिद्यार्थीका परिवारलाई शिक्षालयले मृतक परिवारलाई ५/५ लाख राहत तथा १/१ लाख किरिया खर्च दिने सहमती भएको हो ।


जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमा शिक्षालयका सञ्चालकले मृतक परिवारलाई ५/५ लाख राहत तथा १/१ लाख किरिया खर्च दिने सहमती भएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए । प्रतिमृतक परिवार ५० हजार तत्काल दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमती भएको जनाइएको छ । वार्ताका माध्यमबाट सहमती जुटेपछि सोमबार मृतकको पोष्टमार्टम गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको प्रहरी निरिक्षक खड्काले बताए ।


एलिसका मामा बिनोद बस्नेतका अनुशार छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत मृतक बिद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको छ । वडा कार्यालयका तर्फबाट पनि मृतक बिद्यार्थीको नाममा सामाजिक काम गरिने वडाध्यक्ष डिल्ली राईले बताए । क्षतीपूर्ती माग गर्दै मृतक परिवारले शिक्षालय विरुद्ध आईतबार दिक्तेलमा नारा जुलुस निकालेको थियो ।

२०७६ जेठ १९ गते राती ८ :३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

दहमा डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभा

चिसाङ शेर्पा खोटाङ, प्राक्टिकल भ्रमण जाँदा साप्सुखोलाको दहमा डुबेर...

बेपता दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि अनलाईन लोगो

समायोजन खबर उदयपुर, माछा मार्ने क्रममा बेपता भएका उदयपुरको...

फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

समायोजन खबर काठमाडौ, भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३...

इटहरी उपमहानगरका प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

समायोजन खबर सुनसरी, सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग...

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

समायोजन खबर काठमाडौ, बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको...

मुख्य समाचार

एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस

समायोजन खबर काठमाडौं, यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात...

जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

समायोजन खबर काठमाण्डौ, प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका...

गुठी विधेयक आज फिर्ता हुने

समायोजन खबर काठमाण्डौ, राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार...

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा अनलाईन लोगो

समायोजन खबर काठमाडौं, दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण...

पेस्तोलसहित दुई जना पक्राउ

समायोजन खबर मोरङ, प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई...