Samayojan khabar

Advertisment

SKIP THIS

विधार्थी मृत्यु प्रकरण : आफन्त उग्र बन्दै,दिक्तेलबजार बन्द,यातायात समेत वन्द गर्ने चेतावनी

चिसाङ शेर्पा खोटाङ,
शनिबार साप्सुखोलाको दहमा डुबेर ज्यान गुमाएका बिद्यार्थीका आफन्तले उचित क्षतिपूर्तीको माग राख्दै दिक्तेलबजार बन्द गराएका छन् । मात्तिम र लफ्याङको सिमानामा अवस्थित साप्सुखोलामा पौडी खेल्नेक्रममा ज्यान गुमाएका दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षिय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको आफन्तले क्षतिपूर्तीको माग राखेर आईतबार दिक्तेलबजार बन्द गराएका हुन् ।


शनिबार राती शिक्षालय सञ्चालकका तर्फबाट तीन र मृतक विधार्थीका आफन्तका तर्फबाट तीन जना वार्ता टोली बनाएर आईतबार बिहान जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको रोहवरमा शिक्षालय सञ्चालक र मृतकका आफन्तविच सहमतीको प्रयास भए पनि सहमति नमिलेपछि मध्यान्हबाट मृतकका आफन्तहरु उग्र बन्दै दिक्तेलको हाटडाँडाबाट त्रिवेणीचोक, रत्नपार्क, भवनगैरासम्म शिक्षालय सञ्चालक विरुद्ध चर्को नारावाजी गर्दै बजार बन्द गराएका हुन् ।

मृतकका आफन्तले क्षतिपुर्ती स्वरुप प्रतिव्यक्ति ५०/५० लाखकोे माग राखेको मृतकका मामा तथा वार्तामा सहभागी विनोद वस्नेतले बताए । शिक्षालयले दुई विधार्थीका नाममा अक्षयकोष खडा गर्ने, शालिक निर्माण गरिदिने, १/१ जनालाई निःशुल्क अध्ययन गराईदिने र प्रतिव्यक्ति १/१ लाख क्षतिपुर्ती दिने निर्णय गरे पनि त्यो नमान्दै आफन्तले बजार परिक्रमा गर्दै नारावाजी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।


बजार परिक्रमा गर्दै मृतकका आफन्तहरुले विधार्थी मार्न पाईन्दैन, शिक्षालय खारेज गर, राजनीतिक चलखेल बन्द गर, हत्यारालाई दाखिला गर, सिताराम राई मुर्दावाद लगायतका नारावाजी गरेका थिए । आफूहरुले राखेको माग पूरा नभए यातायात समेत ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत धर्ना दिएका छन् ।

 

दहमा डुबेर ज्यान गएपछि शनिबार साँझ परिक्षणका लागि शव जिल्ला अस्पतालमा ल्याएपछि शिक्षालय सञ्चालकमाथि कारबाहीको माग गर्दै आफन्तले शव पोष्टमार्टम घरभित्र समेत राख्न दिएको थिएन । तर, प्रहरीले सुरक्षाका कारण शव पोष्टमार्टम घरभित्र राखेको छ । सहमती नमिलेसँगै पोष्टमार्टम घरमा शव त्यतिकै थन्किएको छ । प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेको जनाइएको छ । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको बताइएको छ ।
२०७६ जेठ १९ गत दिउँसो ३ : ५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...