Samayojan khabar

Advertisment

SKIP THIS

आफन्तद्धारा पोष्टमार्टम घरमा शव राख्न अवरोध,छलफल चल्दै

समायोजन खबर खोटाङ,
साप्सुखोलाको दहमा डुबेर ज्यान गुमाएका बिद्यार्थीका आफन्तले शव पोष्टमार्टम घरमा राख्न अवरोध गरेको छ । साप्सुखोलामा पौडी खेल्नेक्रममा ज्यान गुमाएका दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षिय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको आफन्तले शव पोष्टमार्टम घरमा राख्नमा अवरोध गरेको हो ।

घट्नास्थलबाट शव जिल्ला अस्पतालको पोष्टमार्टम घर अगाडि ल्याइए पनि आफन्तले पोष्टमार्टम घरभीत्र शव राख्न दिएका छैनन् । शिक्षालय सञ्चालकमाथि कारबाहीको माग गर्दै आफन्तले शव पोष्टमार्टम घरभित्र राख्न नदिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए । अहिले पनि मृतकका आफन्त र शिक्षालय सञ्चालकविच छलफल भईरहेको छ ।


ट्याक्टरमा ल्याइएको शव अहिले पनि पोष्टमार्टम घर अगाडि राखिएको छ । प्राविधिक शिक्षालयले शनिबार भ्रमणका लागि लगेको समयमा पौडी खेल्दा दुई विद्यार्थीको डुबेर मृत्यु भएको हो । प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेको जनाइएको छ । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको बताइएको छ ।
२०७६ जेठ १८ गते राती ९ :१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...