Samayojan khabar

Advertisment

SKIP THIS

छुवाछुत हटाउन सहभोज

चिसाङ शेर्पा खोटाङ,
छुवाछुत हटाउन खोटाङमा सामूहिक सहभोज कार्यक्रमको आयोजना गरिएको छ । अझै पनि समाजमा छुवाछुत उस्तै रहेकाले ‘छुवाछुत भनेको दण्डनीय अपराध हो’ यसले समग्र समाज विकासमा वाधा पु-र्याउछ भन्ने शन्देस दिनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले डाडाँखर्कस्थित दलित वडा सदस्य दिपक परियारको घरमा सहभोज कार्यक्रमको आयोजना गरिएको हो ।

छुवाछुतका वारेमा वोल्दै जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ । तस्विर चिसाङ शेर्पा

जिल्ला समन्वय समिति खोटाङको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको सह–आयोजनामा शनिबार बिहान गरिएको सहभोज कार्यक्रममा जिल्लाका उच्च पदस्त ब्यक्तिहरुको उपस्थिती थियो । सहभोजका अतिथिहरुलाई दलित समुदायकी रोजिना परियार, सुस्मिता परियार र रचना सुनारले सगुनका रुपमा दही खुवाएका थिए । कार्यक्रममा दिक्तेलका ज्येष्ठ नागरिक टंकप्रसाद आचार्यले संसारमा महिला र पुरुष दुई जात मात्रै हुने र अज्ञानताले दलित भनेर समाजमा यदाकदा छुवाछुत गर्नेले आजैबाट त्यो छोड्न आग्रह गरे । मेटासिट खादा मरिन्छ अन्य दलित अथवा जो कोहीले दिएका कुरा खाँदा हामी मर्दैनौ किन छुवाछुत । उनले प्रश्न गरे, दलित चाँही मान्छे हैन ? छुवाछुत मुक्त समाज भए ठूलो विकास हुने ज्येष्ठ नागरिक आचार्यले बताए । कर्मचारीहरुमा पनि त्यस्तो छुवाछुतको समस्या देखिएमा अन्त्य गरिने र त्यसो गर्नेलाई कारवाही प्रक्रियामा लैजाने आधिकारीक ट्रेड युनियन कर्मचारी खोटाङका अध्यक्ष ध्रुव कार्कीले बताए ।

 

मान्छेको आत्मबाट नै छुवाछुत अन्त्य गर्नुपर्छ भन्ने भावना आएमा मात्रै साँच्चिकै छुवाछुत अन्त्य हुने राप्रपा नेपालका जिल्ला अध्यक्ष जीबन श्रेष्ठले बताए । समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य सुर्य बहादुर राईले समाजको ठूलो कलंक भनेकौ छुवाछुत रहेको र सामाजिक अगुवाहरुले विभिन्न रचनात्मक कार्यक्रम गरेर छुवाछुत अन्त्य गर्नमा सघाउनुपर्ने सुझाव दिए । समाजका भइरहेको छुवाछुत चेतनासँगै क्रमिक रुपमा सुधार भएर जाने र अशिक्षा, गरिबी भएको स्थानहरुमा यस्तै कार्यक्रम गरेर छुवाछुत हटाउनमा सवै लाग्नुपर्ने नेपाली कांग्रेस खोटाङका क्षेत्रिय सभापति तीर्थराज भट्टराईले बताए ।


बर्गीय धरातलका कारण पनि छुवाछुत भइरहेको छ । यदि दलितहरु धनी भएको भए आज यो बहस गर्नै पर्दैैन थियो । नेकपा खोटाङका अध्यक्ष देवान चाम्लिङले थपे, ‘समाजमा भइरहेको छुवाछुतलाई हटाउन साँस्कृतिक रुपमा पनि अभियान चलाउनुपर्छ ।’ छुवाछुतका विषयमा भाषण र व्यवहार नै फरक हुनाले छुवाछुत अझै अन्त्य हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यवहाक नगर प्रमुख रमेश प्यासीले सुनाए । आफूहरु मर्कामा पर्दा दलितहरुले न्यायका लागि उजुरी दिए पनि सम्बन्धित निकायले आलटाल गरी त्यसको म्याद सकिदिने र त्यो उजुरी त्यतिकै खेर जाँदा पनि छुवाछुत अन्त्य तथा दलितले पाउने अधिकार पाउन नसकिएको गुनासो गरे । समाजमा छुवाछुत अपेक्षित सुधार नभएको र क्रमशःसुधार गर्दै लानुपर्ने प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए ।

 

कानुन भए पनि पुर्णरुपमा कार्यान्यवन नहुंदा छुवाछुतमा सुधार आउन नसकेको जिल्ला न्यायाधिस किशोर घिमिरेले बताए । स्थानीय निकायले टोल, गाउँमा छुवाछुत मुक्त समाज निर्माण गर्ने कार्यक्रम गर्न आवश्यक छ । न्यायाधिस घिमिरेले भने, ‘छुवाछुुत सम्वन्धि पाठ्यक्रमहरु लागू गरेमा पनि छुवाछुत अन्त्य गर्न सकिन्छ ।’ छुवाछुत सम्बन्धि स्थानीय तहमा विभिन्न रचनात्मक कार्यक्रमहरु भईरहनु पर्ने र सवैको साथ, सहयोग भएमा छुवाछुत अन्त्य हुंदै जाने जिल्ला समन्वय समिति सदस्य चर्च बहादुर विश्वकर्माले बताए । दलितको समस्या भन्दा सम्वन्धित निकायमा आउँदा सुनुवाई नै नहुने ? न्याय पाउदैनन् दलितले, न्याय नपाएकै कारण गाउँनै छोड्नुपर्ने कहाली लाग्दो अवस्था छ । विश्वकर्माले भने, ‘हामी छुवाछुत मुक्त १ नंं. प्रदेश घोषणा अभियानमा छौ । यसले पुग्दैन । मुख्यमन्त्री अविवाहित हुनुहुन्छ । उहाँले नै दलितका छोरी विवाह गुर्नपर्छ छुवाछुत अन्त्यका लागि । उहाँसम्म खबर पु-याईदिनुस ।’

सामूहिक भोजन गर्दै अतिथिहरु । तस्विर चिसाङ शेर्पा

कानुन र व्यवहारलाई संगसँगै अगाडी बढाउन सकेमा विद्यमान रुपमा रहेको छुवाछुत प्रथा अन्त्य हुंदै जाने जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताएका छन् । छुवाछुत अन्त्य गर्नका लागि ठूलो बजेट खर्चेर सहभोजको आयोजना गरिए पनि खाल्लेकै अधिकांश ब्राहमण, क्षेत्रीहरु उपस्थित नभएको वडाध्यक्ष डिल्ली कुमार राईले बताए । उहाँहरु मात्रै हैन हामीले स्थानीय नेताहरुलाई पनि पत्र काटेका थियौं । वडाध्यक्ष राईले भने, तर, उहाँहरु आउनु भएन । सहभोज कार्यक्रमका लागि जिल्ला स्तरीय नेता तथा सरोकारवालाहरुलाई पत्रचार गरिए पनि उपस्थित नहुंदा उहाँहरुमा पनि छुवाछुत जिवितै भएको कार्यक्रमका वक्ताहरुले बताएका थिए । । साँच्चिकै बिरामी भएर नै सहभोज कार्यक्रममा आउन नसक्नेलाई स्वास्थ्य लाभको कामना, बहाना गरेर नआउनेलाई पनि स्वास्थ्य लाभको कामना भन्दै एक दलित अगुवा नेताले दुःख पोखेका थिए । एकदिने सहभोज गर्दैमा छुवाछुत अन्त्य नहुने र सवैले आ,आफ्नो तहबाट छुवाछुत अन्त्य गर्नमा जोडदार लाग्नुपर्ने दलित अगुवाहरुले बताएका छन् ।
२०७६ जेठ १८ गते अपरान्ह ३ :०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...