Samayojan khabar

Advertisment

SKIP THIS

कविता, द्रौपदी

चित्र कुमार सुवेदी,
सत्य बोल्ने युधिष्ठिर
सर्व श्रेष्ठ बलिया भीम
धर्नुधारी अर्जुन
रुप विवेक
आज्ञा निर्देशन
कर्तव्य प्रति दत्तचित्त
नकुल अनि सहदेव
पाँच पाण्डवको झै एकता
माया, प्रेम र क्षमता
विश्वास र सहयोग भएको
कसको परिवार छ ।

 

कतीलाई रहर थियो होला
युधिष्ठिरसँग एक वचन वोल्न
भीम जस्तै बलियो हुन
अर्जुनले उचालेको वाण उचाल्न
को चाहदैन थियो र,
पाँच पाण्डवको सामिप्यता
कतीले कल्पिए होलान्
अर्जुनको काख
सहदेवको अंकमाल
नहकुलको चुम्बन
भीमको काँध
द्रौपदीको डाह नगर्ने
कुन नारी थिए होलान् र
सवैले कल्पिन्थे
द्रौपदीको झै सुखी जीवन
द्रौपदीका पतिमा सवथोक थियो
तर, कर्ण थिएन ।

 

सँगै भए पनि
पहिचान विहिन थियो कर्ण
बाबु र आमाको
विहान होस कि वेलुका
द्रौपदी सधै कल्पिन्थिन
कर्णको काख
जिन्दगीको एकमात्रै रहर
कर्णको सन्तान जन्माउने
र, काखमा खेलाउने
के हो प्रेम ?
के हो शक्ति ?
के हो पद ?
के हो सम्पत्ती ?

 

खुब दौडन्छौ जीबनभर
संसारको सवैभन्दा
सुखी को हो
संसरको सवैभन्दा दुखी
द्रौपदी हो ।
२०७६ जेठ ६ गते मध्यान्ह १ : ४३ मा प्रकाशित
सर्जक : प्रगतीशील लेखक संघ खोटाङका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...