Samayojan khabar

Advertisment

SKIP THIS

त्रिशुलीमा बस दुर्घट्ना : मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

समायोजन खबर धादिङ,
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । पाँचजनाको घटनास्थलमा र चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।

 

मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य, काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीया सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी रहेका छन् । मृत्यु भएका अन्य ५ जनाको सनाखत हुन सकेको छैन । झापाको काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेकोे ना ७ ख ४३८७ नम्बरको बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
२०७६ जेठ ५ गते राती ८ : ५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...