Samayojan khabar

Advertisment

SKIP THIS

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ,
जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई पछिल्लो समय नेपाली सांगितिक आकासमा एक चम्किलो ताराको रुपमा उदाएकी छिन् । विभिन्न भाषामा आफ्नो सुमधुर आवाज दिन सक्ने रश्मी स्रोताको मन–मनमा बस्न सफल भएकी छिन् । बाबु प्रसाद राई र आमा धनकुमारी राईको कोखबाट जेठी छोरीका रुपमा जन्मिएकी रश्मी नेपाली सांगितिक क्षेत्रको नवोदित गायीका हुन् । चिसापानी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेपछि काठमाडौं छिरेकी रश्मीले गायनका क्षेत्रमा रहेका समस्या र जिबीकोपार्जनमा थपिएका चुनौतिसंँग संघर्ष गर्दै अहिले चार भाषामा आफ्नो स्वर दिन सफल बनेकी छिन् । उनले नेपाली, चाम्लिङ, वान्तावा र कोयु भाषामा आफ्नो स्वर दिएकी छिन् । हालसम्म दुई दर्जन भन्दा बढी गीत उनले गाईसकेकी छिन् ।


एक–दुई–तीन भन्दै मायाको गल्ती सुरु भयो वोलको गित स्टुडियोमा पहिलो पटक रेकर्ड गराएकी रश्मीले खोटाङ जिल्लाको सम्पूर्ण सेरोफेरोलाई शब्दमा समावेश गरिएको दुवेधारापानी हाटैमा वोलका गीत समेत गाएकी छिन । नभन्दै उक्त गित भाईरल बन्यो । रश्मीको स्वरमा रहेको फर्की आउँनु है राजा, जलेको छ मेरो मुटु छिया–छिया पार्छौ, धरान शहरको भानु चोकमा भेटौ न कान्छा मेलैमा लगायतका गीत बजारमा सर्वत्र रहेका छन् । ए है हो सोल्टी ज्यू, नाकैमा टल्केने झम्के फुली, बरको छाँयाले मर्नु न बाँच्नु पार्यो है मायाले जस्ता गीतहरु श्रोतामाझमा ल्याएकी छिन् । उनले गाएका अधिंकास गीतहरु यूवापुस्तामा मिल्दोजुल्दो भएपछि यूवापुस्ताले उनको गीतलाई रुचाउन थालेका छन् । भिडियो पनि बजारमा आएका छन् ।

 

हालसम्म कलेक्सन एल्मबममा मात्र आफ्नो स्वर दिने गरेको बताउँदै आएकी उनले किरातीहरुको मुख्य नाच साकेला सिली जस्ता गीतमा पनि आफ्नो दिएकी छिन् । ‘बाल्यकाल देखी नै गतीसंगीत असाध्यै मन पर्थियो, गीतसंगीत भनेपछि म खुब चासो राख्थ्ये ।’ उनले भने राजेश पायल राईले गाएका अधिकांस गीतहरु म सुन्ने गर्थे, जसले गर्दा गित संगितप्रति लगाव राखे त्यसवाटै प्रेरणा मिल्यो । हुने विरुवाको चिल्लो पात भनेझै रश्मीले विभिन्न ‘स्टेज प्रोग्राम’ मा समेत आफ्नो कला प्रदर्शन गरेर श्रोताको ध्यानलाई आफूमा केन्द्रित गर्ने रश्मीलाई भ्याईनभ्याई छ । फुटबल प्लेयर बन्ने लक्ष्य राखेको बताउँने रश्मी अहिले गायन पेशामा अव्वल बन्दै गएकी छिन् । रश्मीले गायन क्षेत्र रोजेको दुई वर्ष जति मात्र भएको छ । यहि बिचमा रश्मीले धेरै श्रोताको अपार माया पाएको बताउँदै आएकी छिन् ।


रश्मीले भनिन, “मैले हालसम्म आधुनिक र पप गीत गाएकी छु । म राईकी छोरी भएकी हुँदा बान्तवा, कोयु र चाम्लिङ भाषामा पनि गीत गाएकी छु । साकेला, उद्यौली र उभौलीका गीतहरु पनि थुपै्र गाएकी छु ।” रश्मीका अनुसार, “मैले ‘स्टेज सो’का लागि कुन समुदाय र संस्कारका श्रोता र दर्शकहरु छन् ? त्यसको मुल्यांकन गरेर सबै जाति, भाषा र लिंगलाई समेटेर गीत गाउँदा मन पराउछन् भन्ने आधारमा योजना बनाएर गीत गाउँने गर्छु ।”

अहिलेसम्म नेपाली भाषा लगायतका चार भाषामा गीत गाउँदै आएको रश्मी विदेशी भाषाका गीतहरु पनि गाउने मौका पाएको खण्डमा तयार रहेको बताईन् । “म पनि सुरुका दिनमा धेरै दुःख कष्ट सहेर यो स्थानमा आइपुगेको छु । जब हामी एउटा घरको जग बनाउनका लागि सुरु गछौं । सबै खालका निर्णय गरेर मात्र गर्ने गरिन्छ । दुःख र चुनौति पार गरेर दर्शक र स्रोताका माया पाएको छु । यहि पेशा अंगाल्दा भोलिका दिनमा नेपाली धर्तीको एउटा अव्वल गायिका बन्नेछु, रश्मीले भनिन ।”

रश्मीले गाएको भेडेटारमुनी सुन्दर धरान बजार भन्ने गीत बजारमा यहि हप्ताभीत्र आउँन लागेको छ । यस गितमा महेन्द्र राईको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । गीतकार जितमान राई रहेका छन् । यस्तै रश्मीकै स्वरमा रहेको रैछाकुले माईतीको चेली हुँ म खियामा वोलको गीत पनि यहि हप्ताभीत्रमा रिलिज हुदैछ । यो गीतमा रश्मीले चाम्लीङ र नेपाली भाषामा आफ्नो आवाज दिएकी छन् ।
२०७६ जेठ ५ गते मध्यान्ह १ :०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...