Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा सचिवालय बैठक बस्दै, पोलिटब्यूरोको नाम तय हुने

समायोजन खबर काठमाण्डौ,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दैछ । पार्टी एकताका बाँकी काम टुङगो लगाउन सचिवालयको बैठक बस्न लागेको हो । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेता एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन आज बैठक बस्न लागेको जानकारी दिनुभयो ।


पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन बाँकी छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ । आज बस्ने बैठकबाट पोलिटब्युरो कमिटी गठन र केन्द्रीय सदस्यको कार्यविभाजनलाई टुंगो लगाउने तयारी छ । नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताका बीचमा भइसकेको छ ।
२०७६ जेठ ५ गते बिहान ९ :०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...