Samayojan khabar

Advertisment

SKIP THIS

घोकन्ते होईन, व्यवहारिक शिक्षामा बालबालिका उत्साहित

चिसाङ शेर्पा खोटाङ,
बोक्नै नसकिनेगरी झोलाभरी किताब र शिक्षकको डर बोकेर सरकारी विधालय तथा निजि विधालयमा विधार्थी बिहान विधालय जाने अनि, साँझमा लखतरान भई घर फर्कने चलन छ । शिक्षकहरुले विधार्थीलाई पुस्तक घोकाउँछन्, नजानेमा अझै पिट्छन् । विधार्थीलाई कक्षाकोठा र पुस्तकमा सिमिति राख्छन् । विधार्थीलाई लगाम लगाए जस्तै बनाएका छन् । तर, खोटाङको हकमा नमुना र नेपालभरको शिक्षाको केन्द्रविन्दु मानिएको ‘जन जागृती आधारभूत विद्धालय’ अर्थात शुभम स्कुल ति विधालयभन्दा बिल्कुलै फरक र नमुना विधालय हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा सुभद्रा–मदन फाउण्डेसनले २०६२ सालदेखी सम्पुर्ण सरकारी प्रक्रिया पूरा गरेर सञ्चालन गरिरहेको विधालय जीबनमुखी शिक्षाको कारखानाको रुपमा मुलुकभर मात्रै नभएर अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा समेत परिचित छ । कृषिविज्ञ मदन राईले सञ्चालन गरेको विधालय जिल्लामा मात्र नभएर सरकार तथा देशभरका घोकन्ते र पिटन्ते (पिट्ने) शासन चलाइरहेका विधालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरुका लागि सिक्ने माउँ विधालय हो । काँधमा ठेला आउनेगरी झोलामा पुस्तक बोकेर विधालयमा शिक्षकको सामू बेन्चभरी पुस्तक फिजाएर पढ्नुपर्ने विधार्थीहरुको ‘जिन्दगी फेर्ने विधालय हो ।’

 

सरकारी तथा निजि विधालयमा किताब घोकाएर पढाइन्छ । तर, त्यहाँ घोकन्ते शिक्षा भनेको न शिक्षकलाई थाहा छ । न विधार्थीलाई । किताबमा भएको घोडाको फोटो देखाएर ‘यो घोडा हो’ भन्ने विधालय अनि अंगे्रजी मिनिङ लट्ठी देखाएर घोकाउने निजि विधालयको हर्कत त्यहाँ देख्न पाईन्न । त्यहाँ बिहान खाना खाने समयसम्म विधार्थीले खेतबारी, गाईवस्तुको गोठ, उत्पादन क्षेत्र, इन्जिनियर क्षेत्र, सिलाई कटाई, संगीत क्षेत्र लगायतलाई प्रयोग गरेर, छोएर, हेरेर शिक्षार्जन गर्छन् । खानापछि कक्षाकोठामा त्यसलाई पुस्तकसँग मिलान गर्छन्, शिक्षकसँग अन्तरक्रिया गर्छन्, मनमा उकुसमुकुस विषयलाई शिक्षकसँग बसेर पुष्टि गर्छन्, मैले पढेको त यो पो रहेछ भनेर । अनि भन्छन्, ‘आहा ! यो पो रहेछ व्यवहारिक शिक्षा त ।’


जन जागृती आधारभूत विद्धालय अर्थात शुभम स्कुलमा सरकारी पाठ्यक्रम नै लागू हुन्छ । तर विधालयले १२ प्रकारमा सरलीकरण गरेर अध्ययन/अध्यापन गराइरहेको छ । विहान ५ बजेबाट सुरुवात हुने विधालय राती १० वजेपछि बन्द हुने गर्छ । नेपालको ५२ जिल्लाका त्यस विधालयमा अध्ययनरत विधार्थीहरुलाई विधालयमै राखिन्छ । विधार्थीहरुले विद्धालयमा गाई, भैंसी, सुंगुर, भेडा, घोडा, बाख्रा, कुखुरा, परेवा, कालिज, टर्की/लौकाट कुखुरा पाल्न, माछा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, बिउ बिजन उमार्न, सागसब्जी गोडमेल गर्न, खाना पकाउन/खान, भाडाँकुंडाँ माझ्न, गाडी, साईकल, मोटरसाईकल, मिल/सःमिल चलाउन, कम्प्युटर बनाउन/चलाउन, कपडा सिलाउन, शाररिक व्यायाम गर्न, गीत/संगीत सिक्न, वाध्यबादन बजाउन, नृत्य गर्न, पौडी खेल्न, घोडा सवार गर्न, कराते खेल्न, गमला सजाउन, धान रोप्न, गहुं काट्न, मानवीय मलमुत्रबाट प्राङ्गरिक मल बनाई तरकारी उत्पादन गर्न, पाहुनाालाई स्वागत सत्कार गर्न जस्ता क्रियाकलाप दैनिक व्यवहारिक रुपमा सिकिरहेका हुन्छन् ।

 

घाँसको भारी बोकेर गाईवस्तुको स्याहारसुसार गरीरहेकी बाजुराकी ११ बर्षीया रोशनी भण्डारीलाई विधालयको पढाई एकदमै मनपर्छ । आफ्नो पालोमा घाँस काटेर ल्याउने पालो भएको र बानी भएकाले यस्तो शिक्षा सजिलो लाग्ने गरेको बताईन् । रोशनी कक्षा ६ मा अध्ययनरत विधार्थी हुन् । शुभम स्कुलमा कक्षा ६ मा अध्ययनरत नवलपरासीकी १० बर्षीया वर्षा महत्तो पनि रोशनीसँगै डोकोभरी घाँस बोकेर गोठतिर जादै थिईन् । भारी बोक्ने शिक्षा उनलाई झन राम्रो लाग्ने बताउँछन् । उनीहरुजस्तै कक्षा १ देखी ८ सम्मका कलिला उमेरका विधार्थीहरु दिनदिनै आ–आफ्नो भागमा परेको व्यवहारिक शिक्षा सिक्छन् । कपडा आफै सिलाउछन्, गाडी, मोटरसाईकल आफै बनाउने/कुदाउने, खाना आफै पकाउने, गाइभैसीको दुध दुहुने, घोडा सवार गर्ने, फर्निचर बनाउने, भवन बनाउने कुटानी पिसानी गर्ने खेतबारी जोत्ने, तरकारी रोप्ने, गोडमेल लगायतका काम गर्नु त्यहाँका विधार्थीलाई सामान्य भन्दा सामान्य शिक्षा हो ।

यहाँ त धेरै काम गर्नुपर्छ, भारी बोक्नुपर्छ, खेत खन्नुपर्छ, गाईवस्तुको गोबर सोर्नुपर्छ, फुल गोड्नुपर्छ नि दुःख हुदैन ? भन्ने प्रश्नमा बालिबालिका उत्साहित हुदैं भन्छन्, योे शिक्षा त हाम्रो लागि जीबनलाई बचाउने शिक्षा हो । अरुको मुख हेरेर बस्नु नपर्ने शिक्षा हो । अरु विधालयको जस्तो यहाँ होमवर्कको भारी हुन्न । सवै कुरा समुहमा, बारीमा अनि बाहिर सिकाउनु हुन्छ । जे पनि सजिलो हुन्छ । किताब भन्दा हामी त प्राक्टिकल धेर गर्छौ । काठमाण्डौको बोर्डिङ छोडेर शुभममा कक्षा ७ मा अध्ययनरत सुलोचना घिमिरेलाई प्राक्टिल गरेर शिक्षा आर्जन गर्नुमा ज्यादै रमाईलो लाग्छ ।

 

दार्चुलाका एलिन रोकाय त्यहाँ कक्षा ८ मा अध्ययन गर्दैछन् । अरु स्कुलमा घोकन्ते बिद्या र हान्ने गतिविधि हुन्थ्यो । एलिन थप्छन्, यहाँ वास्तविक देख्न, पढ्न सक्छौ, जीबन उपयोगी शिक्षा सिक्न सक्छौ । कक्षा ७ मा अध्ययनरत राखावाङ्देलकी ममता योगीले घोडा चढ्न, कम्प्युटर चलाउन, विरुवा रोप्न, खाना पकाउन सिकेका छन् । कक्षा ५ मा अध्ययनरत रुकुमकी क्षमता सुनुवारलाई पढाई धेरै राम्रो लाग्छ । अरु स्कुलभन्दा यो स्कुल बेग्लै छ । अरु स्कुलका टिचरले सोध्दा पनि किन सोधिस भन्दै कुट्छन भने, यो स्कुलले पहिले सिकाउने अनि वारीमा लगेर किताबको कुरा देखाउनु हुन्छ । उत्साहित हुंदै क्षमता भन्छिन् ‘यो स्कुलमा साँच्चिकै देखाएर सिकाउनु हुन्छ, पढाउनु हुन्छ ।’ उनीहरुजस्तै दर्जनौ विधार्थीहरु खेल्दै, सिक्दै शिक्षा लिइरहेका छन् ।

ऊ बेला बालबालिकाको वालश्रम शोषण गरियो भन्ने अहिले शिक्षा त यस्तो पो रहेछ भनि आफ्नो छोराछोरी पढाउनलाई अनुरोध गर्नेको संख्या दिनप्रति दिन बढ्ने गरेको सुभद्रा–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य बहादुर राई बताउँछन् । अथाह पैसा हुनेहरु छोराछोरी ठूलाठूला निजि विधालयमा पढाउनुको सट्टामा यहाँ ल्याएर पढाएका छन् । डाक्टर, ईन्जिनियर, नर्स, शिक्षकका छोराछोरी यहाँ पढिरहेका छन् । उहाँहरु घोकन्ते होइन व्यवहारिक शिक्षामा छोराछोरी हुर्कियोस भन्नेमा हुनुहुन्छ । प्रवन्ध निर्देशक राई भन्छन्, ‘यहाँ व्यवहारिक शिक्षा त छदैछ, नेपालको हिमाल, पहाड, तराई, मधेसका बालबालिका अध्ययन गरिरहेका छन् । त्यसैले पनि यो नमुना विधालय हो ।’ सुदुरपश्चिम बाजुरादेखी हिमाली जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, भित्री मधेस र काठमाण्डौका बालबालिका रमाईरमाई पढ्छन् ।

 

पछिल्लो समय व्यवहारिक शिक्षाको रुपमा देश, विदेशमा विधालय परिचित हुंदै गएपछि विधालयमा छोराछोरी पढाउनेको संख्या बढ्दो छ । तर, सवैको प्रतिनिधित्व हुनेगरी एक जिल्लाबाट दुई जनासम्म विधार्थी लिने गरेको विधालयले जनाएको छ । प्रतिव्यक्ति मासिक ५ हजार भर्ना शुल्क लाग्ने त्यहाँ, बालबालिकाहरुलाई सवैभन्दा बढी त आफै सिक्न सक्ने वातावरण बनाइएको छ । उनीहरुले नसिकेका विषयहरु सायद छैन ।

बिज्ञान प्रयोगशाला भवन बनाउदै विधार्थीहरु ।

बिहानदेखी रातीसम्म विधार्थीलाई ब्यवहारिक शिक्षा दिंदा बालबालिकाको श्रम शोषण भएन ? यो प्रश्नमा विधालय भन्छ ‘बालबालिकाको श्रम शोषण गर्नु अपराध हो, बालबालिकालाई श्रम सिकाउनु धर्म हो ।’ हामीले श्रम शोषण गरेका छौ कि श्रम सिकाएका छौ । विधार्थीसँग बुझ्नलाई आग्रहपछि, विधार्थीलाई प्रश्न गर्दा विधार्थी एकदमै खुशी र परिवारिक वातावरणमा पढाइ भएको सुनाउँछन् । अरु विधालयको कुरा काट्छन, कुटेर हैन मायाले शिक्षा दिनुहुन्छ । कराएर हैन देखाएर सिकाउनु हुन्छ, पुस्तक पढेर बारीमा लगेर शिक्षा दिनुहुन्छ । पढाउनु हुन्छ । यो त हाम्रो लागि जीबनमुखी शिक्षा हो । हामीलाई घोकाएर हैन व्यवहारमा शिक्षा दिनुहुन्छ । हामी यसैमा खुशी छौ ।

सोल्मास्थित डाँडागाउँमा अवस्थित उक्त विधालयमा पुगेपछि अर्कै संसारमा गएको अनुभव हुन्छ । विधालय प्राङगणदेखी जताततै विधार्थीद्धारा उत्पादन भएका तथा निर्मित निर्जिव बस्तुहरु छन् । प्रत्येक सजिव तथा निर्जिब बस्तुहरुको बैज्ञानिक, अंग्रेजी नाम लेखेर टाँस गरिएको छ । ताकि हामीले नै सामान्य मानेका तर, थाहा नभएका फलफुल, वोट विरुवा विधार्थीले बुझिसकेका छन् । जून उनको दिमागमा अमिट छाप भएर बसेका छन् । एकै शब्दमा भन्ने हो भने मानव जीबनमा नभई नहुने विषयवस्तुहरु उनिहरुले ठूलाहरुले भन्दा फरक तवरले दिमागमा सेट गरिसकेका छन् । त्यसैले विधार्थीलाई कोचाकोच पारेर शिक्षा दिइरहेका सरकार, अभिभावक, विधालय व्यवस्थापन समिति र शिक्षकहरुले यस विधालयबाट ठूलो पाठ सिक्न र जीबनमुखी शिक्षामा सवैले आवाज उठाउन अत्यन्त आवश्यक छ । अब, विधार्थीलाई घोकाउदै, पिट्दै पढाउने जमाना गए ? ब्यवहारिक शिक्षा पाएर बालबालिका त फेरिए तपाई हामी कहिले फेरिने ?

कक्षा ६ मा अध्ययनरत हुम्लाकी सुजाता भण्डारी ‘घोडा सवार शिक्षा’ सिक्दै । तस्विर, चिसाङ शेर्पा

बारीमा बाली शिक्षा सिक्दै बिधार्थीहरु । तस्विर, चिसाङ शेर्पा

फुल सम्बन्धि शिक्षा सिक्दै बिधार्थीहरु । तस्विर, चिसाङ शेर्पा

२०७६ जेठ ४ गते बिहान ७ :४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...