Samayojan khabar

Advertisment

SKIP THIS

‘मिडिया काउन्सिल सम्वन्धी विधेयक’ सच्याउन माग

समायोजन खबर खोटाङ,
नेपाल प्रेस यूनियन जिल्ला कार्य समिति खोटाङले नेपाल सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्वन्धी विधेयक र आमसञ्चार विधेयक संसोधनको माग गरेको छ । मन्त्री परिषदबाट पारित भएर संसदमा पेश भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकले स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने र पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने, सत्ता र शक्तिको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत देखिएको भन्दै यूनियनले सो बिधेयक संसोधनको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
विचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयार भएको आम सञ्चार लगायतका बिधेयकमा प्रस्ताव गरिएका जरिवाना तथा क्षतिपुर्ती सम्वन्धी व्यवस्था हुबहु लागू भएमा लोकतन्त्रको आधारभुत मूल्याको रुपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा ग्रहण लाग्ने स्थिति देखिएकाले विधेयक संसोधनको माग उठाइएको नेपाल प्रेस यूनियन जिल्ला कार्य समिति खोटाङका अध्यक्ष उत्तम चौंलागाँईले बताए ।

वर्तमान सरकार संसदमार्फत नै कानून बनाएर आम सञ्चारमाध्यमलाई स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाउने नाममा स्वतन्त्रता र मौजुदा अभ्यासलाई ‘कू’ गर्न लागि परेको युनियनको ज्ञापनपत्रमा उल्लेख छ । ‘नेपालका सञ्चार संस्थाहरुलाई जरिवानाको कहाली लाग्दो व्यवस्था गरेर सरकारले पेशा र व्यवसायबाटै पलायन गर्नेसम्मको नियत राखेको देखिएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यो संगीन घडीमा सरकारले ल्याएको तथा ल्याउने तयारी गरिरहेको बिधेयक संसोधन गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बनाउन माग गर्दछ ।’


मिडिया काउन्सिलका प्रावधानले साना लगानीका मिडियालाई निरुत्साहित गर्ने तथा बहुसंख्यक पत्रकार विस्थापित हुने र पत्रकारितालाई भजनमण्डलीमा रुपान्तरण गर्ने खतरा देखिएको यूनियनले जनाएको छ । श्रमजिवी पत्रकार ऐनलाई खारेज गरी श्रम ऐन ल्याउन लागिएको विषयमा सरकारले स्पष्ट कारण दिन नसकेको भनिएको छ । ‘पत्रकारितामा कमजोरी भएमा एक करोडसम्म जरिवाना र १५ वर्षसम्म कैंद राख्ने सजाय पत्रकारले सोच्ने विषय होईन,’ अध्यक्ष चौलागाँईले भने, ‘गाली बेइज्जतीको कुरामा समेत कसुरको मात्रा अनुशार तीन लाखदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्थाले भ्रष्टाचार लगायतका विषयमा खोजी पत्रकारिता गर्ने पत्रकारलाई निरुत्साहित गर्ने किसिमले ल्याइएको छ ।’
२०७६ बैशाख ३१ गते राती ८ :५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६...

दिक्तेलबजारको १७ घरमा क्षति

चिसाङ शेर्पा खोटाङ, लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति...

खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ, बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण...

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ, अविरल बर्षाका कारण पहिरोले घर पुर्दा...

मुख्य समाचार

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

समायोजन खबर काठमाडौ, प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी...

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

समायोजन खबर काठमाडौं, अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी...

५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी, नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले...

ओखलढुङ्गामा घरमाथिबाट आएको पहिरोले घर पुरिदाँ आमाछोरीको मृत्यु

समायोजन खबर ओखलढुङ्गा, घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै...