Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षकले विधार्थी कुटेपछि अभिभावकद्धारा कारवाहीको माग, विधार्थीमा त्रास

चिसाङ शेर्पा खोटाङ,
शिक्षकले विधार्थी कुटेपछि अभिभावकले शिक्षकलाई कारवाहीको माग गरेका छन् । दिक्तेलको त्रिवेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट इङलिस सेकेण्डरी वोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विधार्थी सुनिल खतिवडालाई शिक्षक पार्जुन राईले निलडाम हुनेगरी कुटेपछि पीडित विधार्थीका अभिभावकहरुले शिक्षकलाई कारवाहीको माग गरेका छन् ।
शुक्रबार दिउँसो कक्षाकोठाको डेस्कमाथि बसेको निहुंमा शिक्षकले बाँसको भाटैभाटाले ढाडमा कुटेको पीडित विधार्थीले बताएका छन् । खाजा खाने समयमा केहीवेर डेस्कमाथि बसेको र साथीले सरलाई भनिदिन्छु भन्दै बाहिर गएको र, नभन्दै बाहिरबाट सर आएर सरासर कुटेको प्रत्यक्षदर्शी एकजना विधार्थीले बताईन् । यद्यपी, उनीसँगै अन्य विधार्थी पनि केहीवेर डेस्कमा वसेका थिए । सरले पिट्दा अन्य विधार्थी बोल्न नसकेको र पिटाइ खाने विधार्थीले गुहार मागेपछि नजिकैको होटल व्यवसायीले नकुटन् आग्रह गरेपछि कुट्न छोडेको अभिभावक काजीकुमार खतिवडाले बताए ।

विधार्थी कुटिएपछि अभिभावकहरुले साँझमा करीव एक घण्टा वोर्डिङ घेराउ गरेका थिए । विधार्थीलाई रचनात्मक, भावनात्मक तथा मायालु वातावरणमा पढाउनुको सट्टामा भौतिक यातना दिने शिक्षकलाई तत्काल झिकाएर कारवाही गरिनुपर्ने भन्दै अभिभावकहरु शिक्षकप्रति आक्रोशित भएका थिए । आफ्नो विधार्थीलाई गम्भीर खाले भौतिक यातना दिने शिक्षकको हर्कतबाट सबै विधार्थीको दिमागमा गहिरो असर पुगेको अभिभावकहरुले बताएका छन् ।
शिक्षकको चर्को विरोधपछि अभिभावक तथा विधालयका प्रधानाध्यापक विच सामान्य सहमतिमा विधार्थीको आजै स्वास्थ्य जाँच गरिएको छ । जाँच गर्दा शरीरमा भाटाको दागहरु देखिएको पीडित विधार्थीका बुबा खतिवडाले जानकारी दिए । पीडित विधार्थी, विधार्थी पिट्ने शिक्षक र अभिभावक बिच आईतबार बसेर छलफल गर्ने कुरा भएको प्रधानाध्यापक सागर जोशीले बताए । शिक्षकको यस किसिमको गतिविधिले विधार्थीमा त्रास फैलिएको छ ।
२०७६ बैशाख २७ गते राती ९ : २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...