Samayojan khabar

Advertisment

SKIP THIS

सम्मेलनको सम्पुर्ण तयारी सकियो

चिसाङ शेर्पा खोटाङ,
किरात राई विधार्थी संघको नवौं राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी सकिएको छ । ‘पहिचान र सङघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित दिक्तेलमा हुने तीन दिने सम्मेलनको सवै तयारी सकिएको हो ।

 

भोलीबाट शनिबारसम्म चल्ने सम्मेलनको तयारी सकिएको बुधबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा जिल्ला अन्तरगत रहेका क्याम्पस, मावि लगायतका शैक्षिक संस्थाहरुबाट करीब पाँच सय प्रतिनिधि, पर्यवेक्षक उपस्थित हुने नवौं राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक बिर्सिका राईले बताईन् । उद्घाटन कार्यक्रममा भ्वाइस अफ नेपालका प्रतियोगी श्रेया राई, राई नविन, रेडियो नेपालको राष्ट्रव्यापी जागरण गीत प्रतियोगिताका प्रथम केबी राई, पदम थुलुङ, कुलराज राई तथा शुभद्रा मदन फाउण्डेशनका कलाकारहरुको आकर्षक नृत्य रहनेछ ।
६० हजार भन्दा बढी साधारण सदस्य रहेको संघ हाल शैक्षिक विभेदको अन्त्य, व्यवहारिक र वैज्ञानिक शिक्षा नीतिको पक्षमा वकालत गर्दै आए पनि पछिल्लो समयमा देशको बदलिदो परिस्थितीसँगै किरात राज्य स्थापनाको लागि सडक संघर्षमा रहेको छ । किरात प्रदेश नामकरण र पहिचानको आन्दोलनमा निरन्तर लागि पर्ने संघले जनाएको छ ।
यसैविच, २०५८ बैशाख १३ गतेबाट राज्य पक्षले बेपत्ता बनाएका संघका अध्यक्ष तथा प्रतिभावान युवा नवीन राई हालसम्म फेला नपरेको तथा पूर्व संखुवासभा जिल्ला अध्यक्ष तथा पूर्व केन्द्रीय परिषद सदस्य सुनिता किरातलाई गत चैत्रमा प्रहरीले पक्राउ गरेकोमा संघले आपत्ती जनाउदै विना शर्त तुरुन्त रिहाइको माग गरेका छन् ।
२०७६ बैशाख २५ गते राती ९ :२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...