Samayojan khabar

Advertisment

SKIP THIS

आज राष्ट्रिय पत्रकारिता दिवस, आठ जना पत्रकार पुरस्कृत हुने

समायोजन खबर काठमाण्डौ,
आज राष्ट्रिय पत्रकारिता दिवस, मुलुकभर बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । गोरखापत्रको प्रकाशन सुरु भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । दिवसका असरमा बिभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको छ । आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आठ जना पत्रकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।

मन्त्रालयलले हरेक वर्ष दुई जना पत्रकारलाई वरिष्ठ पत्रकारिता, संस्था वा व्यक्ति दुई जनासम्मलाई राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गर्दै आएको यो वर्षदेखि ६ जनालाई राष्ट्रिय पत्रकारित पुरस्कार प्रदान गर्न लागेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले आठ जना पत्रकारलाई सिफारिस गरेबमोजिम पुरस्कृत गर्ने निर्णय भएको संचार तथा सूचना प्रबिधि मन्त्रालयले जनाएको छ ।

मेचीदेखि महाकालीसम्म र समावेशी आधारमा सिफारिस भएका पुरस्कृत हुने आठ पत्रकार मध्ये वरिष्ठ पत्रकारिता पुरस्कारबाट बद्रीबिनोद प्रतिक र तीर्थ कोइराला सम्मानित हुँदैछन् । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा डण्ड गुरुङ, उमिद वागचन्द, माधब बिद्रोही, निर्मला शर्मा, माला कर्ण र खिलबहादुर भण्डारी रहेका छन् । पुरस्कृत हुने वरिष्ठ पत्रकारले रु २ लाख नगद र प्रमाण पत्र, राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने ६ जनाले जनही एकएक लाखका दरले नगद पुरस्कार र प्रमाण पत्र पाउने छन् । पुरस्कार सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङ संयोजक, सदस्यहरूमा किशोर श्रेष्ठ, गोबिन्द आचार्य, बबिता बस्नेत, महेन्द्र विष्ट र राजेश अहिराज रहेका थिए ।
२०७६ बैशाख २४ गते बिहान ९ :४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...