Samayojan khabar

Advertisment

SKIP THIS

कविता, (वालुवाटार)

चित्र कुमार सुवेदी,
नाम जस्तै, मन
न आलु फल्छ
न पिडालु
न मकै
न कोदो
न सहि विचार
न असल राजनीति
केही फल्दैन

तर,

सवैलाई रहर छ
ढोकावाट होस कि झ्यालवाट
रातारात वालुवाटार छिर्न
निर्दयी वालुवाटार,
भूकम्प पीडितलाई घर दिदैन
बलात्कारीलाई फाँसी दिदैन
भ्रष्टलाई जेल हाल्दैन
हुण्डरीले सपना उडाएकालाई
एकसरो लुगा
र एक मानो चामल दिदैन
सुकुम्वासीलाई
एक शरीर जग्गा दिदैन
मरेकालाई घाट दिदैन
बाँचेकालाई सास दिदैन
केही गर्दैन, मात्रै कुरा गर्छ
वालुवामा हराएको पानी झै
हराउछ–काम कुरो

पहिले दौरा सिउथे
टोपी मिलाउथे
दाम राखेर दण्डवत गर्थे
निवेदन दिन्थे
तर आज
वालुवाको अर्को दरवार वनाउन
जिउ छाडेर लागि रहेछन्

किन कुरा नबुझेका होलान्
वालुवाको घर अडिदैन भनेर
अर्काको दुःख नदेख्ने
पथ्थर जस्तो मन भएको

वालुवाटार
आफ्नो घरको भित्तो
प्वाल परेको देख्दैन
आफ्नै आमा लुटिएको देख्दैन
भण्डार चोरिएको देख्दैन
के आश गर्नु र साइला

त्यस्ताले के देख्ला र
संमृद्ध नेपाल र सुखी नेपाली
सर्जक : प्रगतीशील लेखक संघ खोटाङका अध्यक्ष हुन् ।

२०७६ बैशाख १९ गते दिउँसो १ : ४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...