Samayojan khabar

Advertisment

SKIP THIS

को लेखिदेला अब गाउँको कबिता ?

अटल क्रान्तीकारी,
दिनानुदिन
नया घामहरू
हिडिरहेका छन् ।
साउदी र कतार
नियास्रो मानिरहेको हुन्छ
ट्याम्के
फुल्नै खोज्दैन बसन्तमा
साप्सुधाप
दुख र बेदना मिसाउन
दौडिरहेका छ्न रावा र सावा
को लेखिदेला यो बेला गाउँ को कबिता ।

बुढेसकालमा शहर पसेका छन्
जसराज किराति
गाउँ बाट दिक्क भएर हिडेका रे
डा .शुकराज
दुइछाक भात कमाउन
खाल्डोमा बर्षौ देखी
जोतिइरहेका छन् डा .श्रमिक
शहर भित्रै हराएका छन्
डा बिष्णु
निब्रीतको थकाइ मारीरहेका छ्न
धनराज र शुभशेर गुरू
राजनितिको जोडघटाउ मै
ब्यस्त छ्न देबबिक्रम राई
कहिले काही टुरिस्ट बनेर
सेल्फी हान्न पाथेका आउछन्
बम बानियाँ
फोनबाट गाउँको खबर सोधिरहन्छन्
जिबराज घिमिरे
महिनौ भयो रामबिक्रम थापाले
शिरको ढाकाटोपी सिधा बनाएर
नलगाएका ।

केबल पेनसनको पर्खाइमा छन् मृदुल
शहरकै भित्ता रङ्ग्याउदै
बसिरहेका छ्न चन्द्र रानोहछा
जागिर मै गिर खेलिरहेका छ्न
बेदिकुमार
नुनथलाको चिसो र चिया
मा भाबको तृष्णा मेटिरहेका छन्
एमसी सुमित
डुङ्गा चलाउदै बुढो भए
निर्बिकार
यतिबेला बाख्रा चराउदै भेटिन्छ्न
रमेशचन्द्र हरू ।
खै को लेखिदेला यो बेला
मेरो गाउँ को कबिता
सक्दैनन् सिडियोहरू अचेल
परशु प्रधान बन्न
उसरी नै बगिरहेकै छ डल्ले खोला
पन्चायत देखी गणतन्त्र सम्म ।

लेख्नु थियो गाउँमा
सितादेबीको मन्दिर बाहिर
आशिर्वाद मागिरहेको
छापगाउको जेठो दमाइको आवाज
प्रत्यक घटस्थापनामा काँधमा सान बोकेर
गुजाराको लागी गाउँ डुल्ने
अलग्गै मेरो घरको सिकुवामा बसेर
बासिभात खादै
तिमि छौ र त जेठा मुखिया
भनेर मेरो स्तुती गर्ने
त्यो पन्चदोबाटोको काइला कामिको
हृदयको झङ्कार
लेख्नु थियो ।

अछुतहरूको रगतबारे एउटा शक्तिशाली कबिता ।
आमाले बगाएको तातो
आशुको बेदना
बर्षौ अघिदेखी बाबुको
निधारबाट बगेका पसिनाको
तौल
लेख्नु थियो
उमेरमै सिन्दुर पुछिएकी
चेलिको सिउदोको भाब र
जवानिमा सहबास नपाएका
अनगिन्ती बैशहरूको
उदगार ।

बर्षौ अघिदेखी दिक्तेल बजारमा
भारी बोक्दै आएको
गुरुङ दाइ को जिन्दगी बारे
लेख्नु थियो एउटा कबिता ।
सालैपिच्छे साहुको बाझोखेत
चिरीरहेको
किसान शेरबहादुर आले
जस्को छोराले स्कुल जादा
लगाउने हात्तिछाप चप्पलको
छिनेको फित्ता
लेख्नु थियो एउटा लाइटर कबिता
निकाल्नु थियो झिल्को
गाउँबाट ।
को लेखिदेला अब मेरो गाउँका यि कबिता
जब कि जसराज किरातीहरू पनि
बुढेसकालमा शहर पसेका छन् ।
२०७६ बैशाख १७ गते दिउँसो १ :३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६...

दिक्तेलबजारको १७ घरमा क्षति

चिसाङ शेर्पा खोटाङ, लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति...

खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ, बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण...

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ, अविरल बर्षाका कारण पहिरोले घर पुर्दा...

मुख्य समाचार

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

समायोजन खबर काठमाडौ, प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी...

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

समायोजन खबर काठमाडौं, अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी...

५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी, नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले...

ओखलढुङ्गामा घरमाथिबाट आएको पहिरोले घर पुरिदाँ आमाछोरीको मृत्यु

समायोजन खबर ओखलढुङ्गा, घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै...