Samayojan khabar

Advertisment

SKIP THIS

मुर्तिकार रोजनलाई जिल्लामा पहिलो पटक पुरस्कार

समायोजन खबर खोटाङ,
कुशल तथा प्रतिभावान मुर्तिकारका रुपमा देशबिदेशबाट मायाँ, सम्मान तथा दर्जनौं पुरस्कार पाएका खोटाङका कलाकार रोजन राई आफ्नै जिल्लामा भने पहिलो पटक पुरस्कृत हुने भएको छ । करिब दुुई दशकदेखि निरन्तर मुर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मुर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

प्रतिमा तथा मुर्ति निर्माणकालागि देशबिदेशबाट झिकाई प्रशंसा तथा सम्मान गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाकै फरक प्रतिभाका धनी युवाले मुर्तिकलाका माध्यमबाट आफु, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई(एक्ले)ले बताए ।

बैशाख २१ गते बृहत साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमकाबीच केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा आयोजना हुने प्रतिष्ठानको पाँचौं बार्षिक उत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने अध्यक्ष राईको भनाई छ । मुर्तिकार(कलाकार)राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ । हङकङमा रहेका साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

देश तथा बिदेशका बिभिन्न स्थानमा आफुले सम्मान तथा पुरस्कार पाए पनि जिल्लामा पहिलो पटक पुरस्कृत हुन लाग्दा खुशी लागेको मुर्तिकार राईले प्रतिक्रिया दिए । जिल्लाका तुवाचुङ जायजुम, भुल्भुले जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा मुर्ति तथा प्रतिमा बनाउनुभएका राईले भारतको सिक्कम लगायतका स्थानहरुमा प्रतिमा तथा मुर्तिहरु निर्माण गरी प्रशंसा बटुल्नुभएको छ ।
यो पनि पढ्नुहोस

‘टेम्के तुवाचुङ’को पाँचौ बार्षिक उत्सव बाक्सिलामा, मूर्तिकार राईलाई पुरस्कृत गरिने

२०७६ बैशाख १५ गते बिहान ९ :३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६...

दिक्तेलबजारको १७ घरमा क्षति

चिसाङ शेर्पा खोटाङ, लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति...

खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ, बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण...

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ, अविरल बर्षाका कारण पहिरोले घर पुर्दा...

मुख्य समाचार

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

समायोजन खबर काठमाडौ, प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी...

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

समायोजन खबर काठमाडौं, अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी...

५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी, नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले...

ओखलढुङ्गामा घरमाथिबाट आएको पहिरोले घर पुरिदाँ आमाछोरीको मृत्यु

समायोजन खबर ओखलढुङ्गा, घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै...