Samayojan khabar

Advertisment

SKIP THIS

‘टेम्के तुवाचुङ’को पाँचौ बार्षिक उत्सव बाक्सिलामा, मूर्तिकार राईलाई पुरस्कृत गरिने

समायोजन खबर खोटाङ
कला, साहित्य तथा सङ्गीतको प्रबद्र्दन र बिकासमा क्रियाशील टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो पाँचौं बार्षिक उत्सब खोटाङको बाक्सिलामा मनाउने तयारी गरेको छ । जिल्लाको भाषा, संस्कृति तथा खेलकूद क्षेत्रको समेत संरक्षण, सम्बद्र्दन र बिकासमा जुटेको प्रतिष्ठानले आगामी शनिबार जिल्लाको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा भब्यताका साथ बार्षिकोत्सब मनाउने तयारी गरेको हो ।

साबिकको सदरमुकाम दिक्तेलमा मात्र केन्द्रीत नगरी जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार उत्तरी क्षेत्रको ऐतिहासिक ब्यापारिक केन्द्र समेत रहेको बाक्सिलालाई उक्त कार्यक्रमस्थल निर्धारण गरिएको अध्यक्ष भोगेन एक्लेले बताए । २०७२ बैशाखमा विधिवत स्थापना भएको संस्थाले अघिल्लो बर्ष हलेसीबजारमा बार्षिक उत्सब मनाएको थियो ।
गत बर्षहरुमा जस्तै यो बर्ष पनि कार्यक्रमलाई भब्यता दिलाउन ‘अलग अभियान’ लगायतका साहित्यिक, सांगीतिक तथा साँस्कृतिक टोलीको प्रस्तूति रहने जनाईएको छ । कार्यक्रमको महत्वपूर्ण पक्षमा मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५ समर्पण’ र गायक तथा सङ्गीतकार पदम थुलुङ राईको ‘लोपोन्मुख भाका प्रस्तुति’ रहने आयोजकले जनाएका छन् । मूर्ति तथा प्रतिमा निर्माण एबम् हस्तकलाबाट देशबिदेशमा आफु र आफ्नो जन्मभूमिको परिचय दिएको भन्दै कलाकार(मूर्तिकार) राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ ।

हङकङमा रहेको साहित्य तथा संस्कृति प्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने गरिएको छ । फरक–फरक बिधाबाट जिल्लाको परिचय दिने या जिल्लाको हीतमा काम गर्ने उदाहरणीय ब्यक्ति पुरस्कारको भागीदार बन्दै आएका छन् । यसअघि साहित्यकार, कबि चन्द्र रानोहँछा, सितोरियो कराते खेलाडी सञ्जयकुमार राई र गायिका राधा राईले उक्त पुरस्कार ग्रहण गरिसकेका छन् ।

पाँचौ बार्षिक उत्सवको अवसरमा गायक तथा सङ्गीतकार एबम् साँस्कृतिक अभियान्ता पदम थुलुङ राईको किराती लोपोन्मुख मौलिक भाकाहरुको प्रस्तुति रहने छन् । राईले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका ग्रामिण भेगहरुबाट संकलित मौलिक भाकाहरु प्रस्तुत गर्ने जनाईएको छ । बाक्सिलाबजारमा प्रतिष्ठानको स्थापनादेखि नै संस्थागत सहकार्य गर्दै आएको ‘अलग अभियान’ टोलीको साहित्यिक तथा साङ्गीतिक प्रस्तुति अर्को आकर्षण बन्ने छ । कार्यक्रममा साईनो कला केन्द्र र खोटाङ डान्स क्र्यु साथै स्थानीय श्रष्टा–सर्जकका प्रस्तुति रहने टेम्के तुवाचुङ प्रतिष्ठान सम्बद्द पक्षले बताएका छन् ।
२०७६ बैशाख १४ गते दिउँसो ४ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६...

दिक्तेलबजारको १७ घरमा क्षति

चिसाङ शेर्पा खोटाङ, लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति...

खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ, बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण...

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ, अविरल बर्षाका कारण पहिरोले घर पुर्दा...

मुख्य समाचार

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

समायोजन खबर काठमाडौ, प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी...

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

समायोजन खबर काठमाडौं, अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी...

५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी, नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले...

ओखलढुङ्गामा घरमाथिबाट आएको पहिरोले घर पुरिदाँ आमाछोरीको मृत्यु

समायोजन खबर ओखलढुङ्गा, घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै...