Samayojan khabar

Advertisment

SKIP THIS

निमोनियका कारण वडाध्यक्षको निधन, नेकपा सहित अन्य दलद्धारा दुःख व्यक्त

समायोजन खबर खोटाङ,
निमोनियका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन धएको छ । ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुने लगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चामलीङले बताए ।
गत चैत्र ३० गतेदेखि सामान्य रुघाखोकीको समस्या देखिएका राईलाई गत आईतबार घरैमा अहेव बोलाएर इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिएको केही घण्टा पीडा हल्का भएपनि स्वास्थ्यमा सुधार नभएपछि राईलाई सोमबार उपचारका लागि जिल्ला अस्पताल हिँडाइएको थियो । कच्ची सडकमा अन्य सवारी साधन हिँड्ने अवस्था नहुँदा वडाध्यक्ष राईलाई ट्याक्टरमा राखेर अस्पताल हिँडाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । उनलाई साप्सु खोलासम्म पु-याएपछि त्यहाँबाट एम्बूलेन्समार्फत अस्पताल पु¥याउने तयारी गरिएको थियो । तत्कालिन एमालेकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका राईको निधनमा नेकपाका नेता तथा शुभेच्छुक खिदिमा पुगेका छन् ।

२०५४ सालमा अनेरास्ववियु सिद्धेश्वरी माबि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनितीमा प्रवेश गरेका राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक बिकास समितिका संयोजक थिए । उनी अनेरास्वबियुका जिल्ला सदस्य, तत्कालिन एमालेका गाउँ कमिटि अध्यक्ष हुँदै जिल्ला कमिटि सदस्यको भूमीकामा पुगेका थिए । साहित्यमा मणि मञ्जिलका नामले चिनिने राईका श्रीमती र दुई छोरी छन् । २०३९ साल पुस १ गते जन्मिएका राईको निधनमा नेकपा सहित अन्य दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरिरहेका छन् ।
२०७६ बैशाख १० गते दिउँसो १२ : ५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

कुटपिटको घोर भत्र्सना

समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय...

भुस्याहा कुकुर व्यवस्थापन गरिने

चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा भएको...

वडाध्यक्ष सहित चार जना प्रहरी नियन्त्रणमा

समायोजन खबर खोटाङ, स्थानीय युवालाई निर्घात कुटपिट गरेको अभियोगमा...

संम्भोग र उचित वातावरण

समायोजन खबर काठमाडौं, यौन मानिस तथा पशुपंक्षीमा नभै नहुने...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

मुख्य समाचार

कुटपिटको घोर भत्र्सना

समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय...

भुस्याहा कुकुर व्यवस्थापन गरिने

चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा भएको...

घर टहरा हटाउने अभियान निरन्तर

चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरीत...

वडाध्यक्ष सहित चार जना प्रहरी नियन्त्रणमा

समायोजन खबर खोटाङ, स्थानीय युवालाई निर्घात कुटपिट गरेको अभियोगमा...

संम्भोग र उचित वातावरण

समायोजन खबर काठमाडौं, यौन मानिस तथा पशुपंक्षीमा नभै नहुने...