Samayojan khabar

Advertisment

SKIP THIS

लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न (चार फोटो)

चिसाङ शेर्पा खोटाङ,
किसानको साथीका रुपले परिचित लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मूल उद्देश्यका साथमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित दुइदिने लाटोकोसेरो तथा हुचिल उत्सव सकिएको छ । लाटोकोसेरोको विभिन्न रुप र महत्व स्थानीयहरुलाई विभिन्न तवरमा बुझाइदै उत्सव समापन भएको हो ।

 

दुइ दिने उत्सवमा अमरु मुहान, मह भिर, कुँघर (हिदु खोला)मा चरा अवलोकन तथा प्रकृतीको फोटो खिच्ने, नेपालको हकमा पहिलो पटक जालपामा लाटोकोसेरो मूर्ती अनावरण, अनुहार तथा नङमा लाटोकोसेरोको नक्सा बनाउने, तामाङ सेलो, स्याब्रु नाँच, लाखे नाँच, धान नाँच, साकेला, हाकपारे गीत, वन विज्ञान अध्ययन संस्थानका विधार्थीहरुको नाँच, लाटोकोसेरा सम्बन्धी लघु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु (घिर गाडे, झुलो चकमक, लाथ्रो काट्ने),लाटोकोसेरोकोे महत्व दर्शाउने खालका स्लाइड, स्थानीय बाजाहरु र्मुचुङगा, पिपिरी, यलम्बर बाजा, मादल, बाँसुरीको प्रदर्शनी, लाटोकोसेरोको आवाज सुन्ने, लाटोकोसेरोको रोबर्ट प्रदर्शन, गहुँको छ्वाली, चुरा, लप्सीको दानाबाट बनाइएको लाटोकोसेरोको कलाकृति, लाटोकोसेरोको चित्रहरु प्रदर्शन, संरक्षणकर्मीहरुको प्रवचन, वन्यजन्तु अनुसन्धानकर्मीहरुको पोष्टर, संघसंस्थाको स्टल, स्थानीय स्टल, प्रकृति संरक्षण पुरस्कार वितरण गरिएको मूल आयोजक समिति संयोजक तथा जालपाका वडाध्यक्ष विकास राईले बताए ।

लाटोकोसेरो उत्सवमा साकेला सिली प्रदर्शन गर्दै किरात समुदाय । तस्विर चिसाङ शेर्पा

उक्त अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, निबन्ध, कथा/कविता प्रतियोगिता लाटोकोसेरोको जानकारी भएको सूचना, चित्रहरु तथा फोटोहरुको प्रदर्शनी गरिएको थियो । धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखापछि यसवर्ष खोटाङको जालपामा उत्सव गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । राती र बिहान संक्रिय पंक्षी किसानको साथी लाटोकोसेरो संरक्षणमा लाग्न समेत उनले आग्रह गरे ।

लाटोकोसेरो उत्सवमा नेवारी समुदायका यूवतीहरु अनुहारमा लाटोकोसेरोका चित्र देखाउदै । तस्विर चिसाङ शेर्पा

उत्सवमा जिल्लाका विभिन्न विद्धालयका विधार्थी शिक्षक, बुद्धिजिबी, सरोेकारवाला सहित करीव तीन हजार दर्शकको उपस्थिती रहेको थियो । मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३ हजार वटासम्म मुसाहरु खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ ।

लाटोकोसेरो उत्सवमा डम्फु बजाउदै तामाङ समुदाय । तस्विर चिसाङ शेर्पा

लाटोकोसेरो उत्सवमा ढुङग्रे बाँसवाट निर्मित यलम्बर बाजा बजाउदै राई समुदायका पुर्खाहरु । तस्विर चिसाङ शेर्पा

२०७५ माघ १९ गते साँझ ६ : ०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...