Samayojan khabar

Advertisment

SKIP THIS

निर्मलाका परिवारको अनिश्चितकालीन धर्ना, सुनुवाई नभए अनसन बस्ने चेतावनी

समायोजन खबर कञ्चनपुर,

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

 

घटना भएको एक सय ९ दिन बितिसक्दा पनि सरकारले दोषीलाई पत्ता नलगाएको भन्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका हुन् । ‘सरकारले लामो समयदेखि न्याय दिन्छु’ भनेपनि अहिलेसम्म हत्यारा पत्ता नलगाएकाले आफूहरु फेरि आन्दोलनमा उत्रिनुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । उनले छोरीको हत्या भएको ४ महिना पुग्दा पनि हत्यारा पत्ता नलागेकाले सरकारलाई दवाव दिन जिल्ला प्रशासनको गेट अगाडि धर्नामा बस्नु परेको बताए ।

 

निर्मलाका आमाबुबा, परिवारका अन्य सदस्य र नागरिक संघर्ष समितिका सदस्यहरुसहित मदनचोकबाट निस्किएको ¥याली जिल्ला प्रशासनको गेट अगाडि पुगेर धर्नामा परिणत भएको थियो । यसअघि, कार्तिक १८ गते भिमदत्त नगरपालिका २ उल्टाखामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै निर्मलाको परिवारले सरकारले तिहारसम्म अपराधि पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए । उज्यालो
२०७५ कार्तिक २५ गते अपरान्ह ४  : ०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...