Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका दश स्थानीय तहका उपप्रमुख कहाँ-कहाँ मनाउदै छन् तिहार (जान्नुहोस)

  • भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम
  • चिसाङ शेर्पा खोटाङ,
    कार्तिक २३ गते शुक्रबार देश तथा बिदेशमा रहेका आम नेपालीले भाइटिका मनाउदै छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम भएको जनाएको छ ।

     

    भाइटिकाको दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा/मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान/दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
    जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिकाका उपप्रमुखहरु मध्ये अधिकांशले जिल्लामा (गाउँमै) भाइटिका मनाउदैछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईले काठमाण्डौमा २ जना माइती र मामाका छोराहरुलाई टिका लगाई दिएर तिहार मनाउने भएकी छन् । हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले जन्मस्थान च्यास्मिटार र कर्मस्थान दिक्तेलमा तिहार मनाउने बताएकी छन् । उनी ६ जना माइतीका साथमा तिहार मनाउने योजना बनाइरहेकी छन् ।

     

    साकेला गाउँपालिका उपप्रमुख सरिता खड्काले भक्तपुरमा ३ जना माइती ५ भदाहरुलाई टिका लगाइदिने छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका उपप्रमुख सपना राई छोरम्बुमा १ जना भाई र गाउँका अन्य माईतीहरुसँग टिका लगाएर तिहार मनाउने बताउँछिन् । केपीलासगढी गाउँपालिका उपप्रमुख हिरा कुमारी वन गिरीले सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–५ जुबुमा रहेका आफ्ना दाईहरुलाई फुलटिका लगाएर तिहार मनाउने भएका छन् । भने, ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेलले ऐसेलुखर्कमा २ जना माइतीलाई टिका लगाइ दिने भएका छन् ।

     

    रावाबेंशी गाउँपालिका उपप्रमुख समला राई आफ्नै कर्मथलो लामिडाँडामा २ जना माइतीलाई टिका लगाएर तिहार मनाउदै छन् । जन्तेढुंगा गाउँपालिका उपप्रमुख बिमला राईले काहुेलमा रहेका २ जना माइतीलाई टिका लगाई दिने बताएकी छन् । खोटेहाङ गाउँपालिका उपप्रमुख कविता राई भने, सदाका वर्षझै यसवर्ष पनि २ जना माइतीका साथमा काठमाण्डौमा तिहार मनाउदै छन् । बराहपोखरी गाउँपालिका उपप्रमुख गोमा मगरले आप्mनो गाउँ सुन्तले धाप्लाङमा ३ जना माइतीसँग तिहार मनाउने छन् ।
    २०७५ कार्तिक २१ गते बिहान ७ : २६ मा प्रकाशित

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    गायन क्षेत्रमा जम्दै रश्मी

    समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

    भीरबाट लडेर एक जनाको मृत्यु

    समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

    प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

    मुख्य समाचार

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

    समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

    अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...