Samayojan khabar

Advertisment

SKIP THIS

भलिबल प्रतियोगितामा नेपाल तरुण दल प्रथम

चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित शान्ती निकेतन मिनाकर्ण माविको ६३ औं वार्षिक उत्सवको अवसरमा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा नेपाल तरुणदल क्षेत्र नम्बर दुई प्रथम भएकोे छ ।

 

विद्धालयको वार्षिक उत्सवको अवसरमा शनिबारदेखी गरिएको १३ औं संस्करणको भलिवल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई पराजित गर्दै नेपाल तरुण दल खोटाङ पहिलो भएको छ । पहिलो समुहले ५० हजार ५ रुपैयाँका साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । सोमबार समापन भएको प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी दोश्रो, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु तेश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे सान्त्वना भएका छन् ।

 

प्रतियोगिताको दोश्रोले ३० हजार ५, तेश्रोले २० हजार ५ र सान्त्वना टिम समुहले पाँच हजार नगदका साथमा प्रमाणपत्र र मेडल पाएका छन् । भलिवल खेलमा १८ टिमको सहभागिता थियो । प्रतियोगिताको सम्पुर्ण पुरस्कारको व्यवस्था मिनाकर्ण ट्रष्ट काठमाण्डौका अध्यक्ष तथा पुर्व सशस्त्र प्रहरी महानिरिक्षक सनत कुमार वस्नेतले प्रायोजन गरेका थिए ।

 

भलिवल प्रतियोगितासँगै गरिएको एकल तथा सामूहिक नृत्य प्रतियोगितामा जनता मावि बतासेकी एनिसा शिवा प्रथम, सप्तेश्वर छितापोखरी याङसोलाटारकी रमा राई द्दितीय र छोरम्बुकी मिना तामाङ, रेणुका राई र मेलिना राईको समुह तृतिय भएको शिक्षक भुपेन्द्र बस्नेतले जनाए । नृत्य प्रतियोगितामा विजय कलाकारहरुले क्रमशः २ हजार ५ रुपैयाँ, १५ सय ५ रुपैयाँ र एक हजार ५ रुपैयाँ पाएका छन् । भलिवल र नृत्यका विजयीहरुलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले पुरस्कार वितरण गरेका थिए ।
२०७५ कार्तिक १९ गते अपरान्ह ३  :०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...