Samayojan khabar

Advertisment

SKIP THIS

ज्योती माबिलाई ७ लाख बराबरको शैक्षिक सामग्री

समायोजन खबर खोटाङ,

आगलागीका कारण सम्पूर्ण भौतिक सम्पत्ती गुमाएको खोटाङको ज्योती माबिलाई रोटरी क्लव अफ जर्मनीले ७ लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको छ । २०७४ साल जेठ १५ गते अज्ञात व्यक्तीले लगाएको आगोले २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त हुँदा ६५ लाख भन्दा बढिको क्षती बेहोरेको बिद्यालयलाई रोटरी क्लव अफ जर्मनीले पुस्तक, लाइब्रेरी सफ्टवेर, दूरबीन लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।

 

आगलागीमा ध्वस्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित नमूना बिद्यालयलाई पुःन पुर्ववत अवस्थामा उठाउनका लागि रोटरी क्लव अफ जर्मनीले फ्रेण्डस अफ नेचर नामक संस्थामार्फत शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईलाई जालपामा आईतबार बिहान आयोजित कार्यक्रममा फ्रेण्डस अफ नेचरका निर्देशक राजु आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गरे ।

 

२०६४ सालदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको ज्योती माबिलाई रोटरी क्लव अफ जर्मनीले कला, साहित्य, राजनिती, बिज्ञान, बाताबरण, शिक्षा लगायतका बिद्याका २ हजार थान पुस्तक, ई–लाइब्रेरी सञ्चालनका लागि दुई वटा सफ्टवेर, दुई थान लाईब्रेरी ब्याग, दुई थान दुरबीन, दुई थान पृथ्बीको ग्लोब, शैक्षिक चार्ट लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।
२०७५ कार्तिक १८ गते साँझ ६  :४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...