Samayojan khabar

Advertisment

SKIP THIS

आउदो निर्वाचनमा कांग्रेस नम्बर एक पार्टी बन्छ : शसांक

चिसाङ शेर्पा खोटाङ,
नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शशांक कोइरालाले आउदो निर्वाचनमा नेपाली कांग्रेस नम्बर एक पार्टी बन्ने बताएका छन् । भविष्यबाणी नगरेको बताउदै कांग्रेसको भविष्य राम्रो भएको र त्यसका लागि एकताबद्ध भएर अगाडी बढेमा कांग्रेसलाई कोही कसैले छेक्न नसक्ने बताए । जिल्लाको जन्तेढुंगा गाउपालिका–५ चिसापानीमा निर्माण गरिएको जननायक विश्वेश्वर प्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण कार्यक्रमपछि सम्बोधनका क्रममा महामन्त्री एवम् डाक्टर कोइरालाले गिरिजाप्रसाद पनि आफ्नो छाया देखेर र्तसन्थे, छायाँ भनेको आफ्नै साथीहरु हो । नेपाली कांग्रेसभित्र पनि गुटबन्दी छ । त्यसलाई तत्काल झिक्न, फाल्न सकेर नेपाली कांग्रेस जुनदिन एक हुन्छ नि ? त्यो दिन नेपाली कांग्रेस यहाँको सत्तामा अवश्य जान्छ,जान्छ ।

 

१८ महिने वीपीको कार्यकालमा सानासाना सपना पनि राजा महेन्द्रले कु गरेर उल्टै जेलमा थुने । म उहाँको सुपुत्र भएको नाताले मेरो अबको सपना वीपीको अधुरो सपना पुरा गर्नु हो । उनले भने, ‘सुख र शान्तीका जीवन डाक्टरी पेशा छोडर राजनीति गर्न आएको छु ।’ दुखी जनतालाई कसरी सम्बोधन गर्ने, दुःखलाई कसरी सुखमा परिवर्तन गर्ने नै राजनीतिको मुख्य एजेण्डा भएकाले सवैलाई वीपीको सिद्धान्त अपनाउन आग्रह गरे । प्रतिपक्षको खिलापमा नवोली उनले कांग्रेसले ८४ हजार किलोमिटर सडक, एक मेडिकल कलेजबाट तीसवटा मेडिकल कलेज, यौटा बिश्वविद्धालयबाट १२/१५ वटा बिश्वविद्धालय बनायो र विदेशमा युवाहरु पठाएर रेमिट्यान्सबाट राष्ट्रलाई धानेको ईतिहास स्मरण गराउदै आउदो निर्वाचनमा कांग्रेसले खोटाङ जिल्ला मात्रै हैन अधिराज्यभर कांग्रेस बिजयी हुने आश्वसन दिलाए ।

 

महामन्त्री कोइरालासँगै केन्द्रिय सदस्य प्रदिप पौडेल, नेपाल तरुण दलका केन्द्रिय कार्यावहाक अध्यक्ष उत्तम चापागाई जिल्लामा आएका थिए । चिसापानी बजारको बीचभागमा २०५४ सालमा बनेको वीपीको शालिक सशस्त्र द्धन्दको समयमा तत्कालिन बिद्रोही समूह खम्बुवानले ०५८ सालमा भत्काईदिएको थियो । वीपीको शालिक भत्काईएको लामो समयपछि जन्तेढुंङगा गाउँपालिका कार्य समितिले पूनः शालिक निर्माण गरेको हो । यसअघि २०५४ सालमा वीपीको शालिकलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गर्नु भएको थियो ।

२०७५ कार्तिक १३ साँझ ६ : ०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...