Samayojan khabar

Advertisment

SKIP THIS

सिंगापुर जाँदै मिसेज नेपाल

कठमाडौं – मिसेस नेपाल इन्टरनेसनल २०१८ र २०१७ तथा मिसेस नेपाल ग्ल्याम २०१८ का विजेताले सिंगापुरमा हुने विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य स्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाइजा महर्जनले नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार यी प्रतियोगिताका विजयीहरुले आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरीहरूले स्पर्धा गर्ने प्रतियोगिताका विजयीहरु शनिबार सिंगापुरतर्पm लाग्नेछन्। झाका अनुसार प्रतियोगिताका विभिन्न चरणहरू सिंगापुर, मलेसिया र इन्डोनेसियामा हुनेछन्। सिंगापुर विमानास्थलमा उत्रेदेखि नै प्रतियोगिहरूको मूल्यांकन प्रक्रिया सुरु हुनेछ । निर्णायक स्पर्धा सिंगापुरमा हुनेछ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीले प्रतियोगितामा आफूलाई अब्बल साबित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता विरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिई आफूलाई तयार गरिरहेका छन् भने मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनयलगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने कार्यक्रम छ। मिसेस सुन्दरीले आइआइएफटी, क्षितिजा कलेक्सन र भूमि बुटिकले तयार पारेका राष्ट्रिय पोसाकदेखि विभिन्न आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछन्। प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेसल सुन्दरीहरूका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुग्नेछन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...