Samayojan khabar

Advertisment

SKIP THIS

नवलपरासीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

समायोजन खबर खोटाङ,
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको हो । आईतबार बिहान भएको दुर्घटनामा पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा मोरङ सुन्दर हरैचा–१२ का ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढीका २७ वर्षीय रामजीत राई, सुनसरीका ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहारका विद्यानन्द यादव रहनु भएको छ । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी छ । इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो । बसको बत्तीमधुरो रहेको र गतितीव्र भएका कारण दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

यसैबीच,तनहुँको आबुखैरेनीगाउँपालिका २ नारीघाटमा बस दुर्घटना हुदा २० यात्रु घाइते भएका छन् । बेशिसहरबाट मुग्लिङतर्फ छुटेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिब १५ मिटर तल खसेको जिल्लाप्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

                                                                   २०७५ कार्तिक ४ साँझ ६ :१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...