Samayojan khabar

Advertisment

SKIP THIS

याम्खाको मोहोरिया, पोखरे-जामुनेमा विजुली वल्यो, ७५ घरधुरी लाभान्वित

चिसाङ शेर्पा खोटाङ,
खोटाङको याम्खामा साविक दुई वडामा विधुत विस्तार गरिएको छ । वर्षौदेखी अध्याँरोमा वस्दै आएका स्थानीय वासिन्दालाई उज्यालो दिलाउनका निम्ति केन्द्रिय प्रसारण लाईनको विधुत विस्तार गरिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको साविक वडा नम्बर ६ मोहोरिया र साविक वडा नम्बर ८ पोखरे–जामुनेको आधा भूभगामा विधुत विस्तार गरिएपछि मोहोरिया–पोखरे–जामुने विद्युत विस्तार आयोजनाको बुधबार दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

 

गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को १२ लाख ५० हजार वजेट र नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलको सहयोगमा बलेको विजुलीले ७५ घरधुरी लाभान्वि भएका छन् । विधुत विस्तार गर्न प्राधिकरणले हाईटेन्सन लाईनका लागि २४, एलटी लाईनका लागि २९ वटा पोल, ६ हजार मिटर तार र ट्रान्सफर्मर उपलब्ध गराएको विधुत विस्तार उपसमिति अध्यक्ष सुष्मा श्रेष्ठ मगरले जानकारी दिईन् । दशैको मुखमा विजुली वत्ती वलेपछि स्थानीय हर्षित भएका छन् ।

 

सोही वजेटमा याम्खा साविकको वडा नम्बर ७ खमारेमा पनि विजुली वत्ती वल्ने भएको छ । त्यहाँका ४५ घरधुरीले हाउस वायरिङ गर्दै गरेकाले बत्ती वल्नमा केही ढिला भएको गाउँपालिका प्रमुख राईले बताए । त्यहाँको लागि राखिएको ट्रान्सफर्मर भने चार्ज भएर वाल्नका लागि तयारी राखिएको छ । यससँगै याम्खाको साविक वडा नम्बर ५ लिलिमा र साविक वडा नम्बर ८ खामडाँडामा विजुली वल्न बाँकी रहनेछ । त्यहाँ तिहारपछि विधुत बालिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सप्तेश्वर छितापोखरीमा विजुली बत्ती नबलेका स्थानमा भने तिहार अघि नै विजुली बत्ती बल्नेछ ।
२०७५ असोज २४ राती ९ :०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...