Samayojan khabar

Advertisment

SKIP THIS

तरुण दलद्धारा मुल्यबृद्धि र महंगी नियन्त्रण गर्न माग

चिसाङ शेर्पा  खोटाङ,
नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले वर्तमान सरकारलाई नौ बुंदे माग पेश गरेको छ । दशै तथा तिहारको संघारमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि, महंगीले जनताको ढाड सेकिएर मारमा परेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मुल्यबृद्धि र महंगी नियन्त्रण गर्न नौ बुंदे मागसहितको ज्ञापनपत्र पठाइएको हो ।

सरकारले चाडपर्वमा जनताहरुलाई विभिन्न सेवा सुविधामा राहत दिनुपर्नेमा उल्टै गैरजिम्मेवार ढंगले मुल्यबृद्धि र महंगी वढाएपछि त्यसको घोर भत्र्सनासहित मुल्यबृद्धि र महंगी नियन्त्रण गर्न प्रधानमन्त्रीसामु पुग्नेगरी खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल मार्फत नौ बुदे मागसहित ज्ञापनपत्र पठाइएको नेपाल तरुण दल खोटाङका अध्यक्ष भिषण राईले बताए ।

 

ज्ञापनपत्रमा दशैको मुखमा आएर पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता गर्नुपर्ने, कालोबजारी, तस्करीलाई नियन्त्रण र कारबाही गरिनुपर्ने, चाडपर्वको अवसरमा ७ सय ५३ स्थानीय तहमा अति आवशकिय दैनिक उपभोग्य बस्तुहरु उपलब्ध हुनेगरी सुफत मुल्यको पसलको व्यवस्था हुनुपर्ने, दशै तिहार मनाउन घर जाने यातायातको साधनमा थप हुनुपर्ने, चाडपर्वमा धनजनको सुरक्षा र शान्ती सुरक्षाको व्यवस्था गरिनुपर्ने, गरिब, असाहय अशक्त र विपन्न परिवारलाई तत्काल राहतको घोषणा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

 

कञ्चनपुरका निर्मला पन्तको बलत्कार गरी हत्या गर्ने अपराधिलाई छिटोभन्दा छिटो कानुनी कठ्घरामा उभ्याई कडा कारवाही गरी नेपाली चेलीवेटीलाई सार्वजनिक स्थानमा शान्तीपुर्ण ढंगले स्वतन्त्र भई हिड्न सक्ने वातावरण र सुरक्षाको व्यवस्था हुनुपर्ने तथा वर्तमान सरकारले अधिनायकबादी शैलीमा जनताका लोकतान्त्रिक अधिकारलाई कुन्ठीत गर्ने नियतले अदालत र प्रेस स्वतन्त्रता माथि गरेको हस्तक्षेप तत्काल बन्द गरी स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मागहरु सरकारले तत्काल पुरा गरिनुपर्ने ज्ञापन पत्रमा जनाइएको छ ।
क्याप्सनः प्रजिअलाई ज्ञापनपत्र बुझाउनु हुंदै तरुण दल अध्यक्ष भिषण राई तस्विर, समायोजन खबर २०७५ असोज २३ साँझ ८ :०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...