Samayojan khabar

Advertisment

SKIP THIS

चाडपर्वमा सुरक्षामा कडाई

चिसाङ शेर्पा खोटाङ,
चाडपर्व नजिकिएसँगै जिल्लामा सुरक्षालाई थप मजबुत बनाइएको छ । चाडपर्वमा अपराधिक क्रियाकलाप मौलाउन नदिन, झै झगडा, चोरी डकैतीजस्ता सम्भावित घट्नावाट सुरक्षित हुनका लागि सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको हो ।

 

जिल्ला प्रहरी कार्यालय दिक्तेलले दशै तिहारलाई मध्येनजर गरेर रातीको समयमा बाक्लो तथा लामो गस्ती, सवारी साधन र संकास्पद ब्यक्तिलाई आकस्मिक चेकजाँच, बैंक, बित्तिय संस्थामा सादा पोशाकमा प्रहरी परिचालन, चौकीहरुलाई सर्तकता, बैंक/सुरक्षा गार्डलाई सुरक्षा दिने लगायतका रणनीतिहरु अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

 

खाशगरी प्रहरीले जिल्ला भित्रिने नाकाहरुमा सवारी साधन चेकजाँच र मादक पदार्थमा कडाई गरेको छ । सवारी चालकलाई जुनसुकै जुनैवेला पनि सादा पोशाकमा खटिएका प्रहरीले आकस्मिक मापसे चेकजाच गर्ने र मापसे सेवन गरी समाजमा होहल्ला गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी समाजमा शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्ने काममा प्रहरी २४ सै घण्टा खडा रहेको डिएसपी केसीले बताए ।

 

प्रहरीले चाडपर्वमा चोरी हुन सक्ने संम्भावित स्थानहरु सुनचादी पसल, बैंक, वित्तिय संस्थाहरुलाई सुरक्षा/परामर्श दिइरहेको छ । खोटाङमा अस्थाई प्रहरी पोष्ट ६ वटा, प्रहरी चौकी १६ वटा, ईलाका प्रहरी कार्यालय ६ वटा, दुईवटा एयरपोर्ट सुरक्षा गरी ३३ वटा प्रहरी युनिटले अन्य समयमा भन्दा चाडपर्वमा सुरक्षालाई थप कडा बनाएको छ ।
२०७५ असोज २३ साँझ ६ :५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...