Samayojan khabar

Advertisment

SKIP THIS

वडाध्यक्षले पटक पटक यौन दुव्र्यवहार गरेको खुलासा, जर्वजस्ती विरुद्ध मुद्दा दर्ता

चिसाङ शेर्पा खोटाङ,
खोटाङमा वडाध्यक्षले जर्वजस्ती यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाकी ३३ वर्षीय महिलालाई सोही नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष लिला चौहानले जर्वजस्ती यौन दुव्र्यवहार गर्ने गरेको रहस्य खुलेको हो ।
यहि असोज १६ गते राती आफु बस्दै आएको घरमा सुतीरहेको अवस्थामा ढोका ढकढकाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा पिडक चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै वक्षस्थलमा समाएर जर्वजस्ती गर्न खोजेको पिडीत महिलाले बताईन् । जर्वजस्ती प्रयासको प्रतिकार गरी भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएको र उल्टै घट्नाको बारेमा कसैलाई भनेमा राम्रो नहुने भन्दै ज्यान मार्ने धम्कि दिएको उनले सुनाईन् ।

 

पिडीत महिलाका अनुसार यसअघि पनि २०७४ पुस १८ गते साँझ ७ वजेको समयमा घरमा आएको र डिउ खाउ भनेपछि आफुले दुईवटा गिलास दिएको र उनैले गिलासमा सारेको तर, रक्सी भएकाले आफूले नखाएको र उनी रक्सी पिउदै विभिन्न प्रसंगमा गफिन थालेको र साईनोले नाती पर्ने पिडकलाई खाना दिएर राती ८ वजे भाडा माझी रहेको अवस्थामा पछाडीदेखी वक्षस्थल लगायत अन्य संबेदनशील अंगहरुमा जर्वजस्ती छोएर यौन दुव्र्यवहार गर्न खोजेको थियो । त्यो समयमा जर्वजस्ती वक्षस्थल समाई दिएको र उम्कने प्रयास गर्दा निलडाम नै भएर विरामी समेत भएको उनले सुनाईन् ।

 

सो समयमा गाउँका गन्यमान्यलाई निजबाट दुव्र्यवहार भएको समस्या राखेता पनि आगामी दिनमा त्यस्तो नहुने तथा पार्टीकै बेइज्ज्त हुने भनेर गाउँमा नै घट्ना मिलाईएको थियो । त्यसपछि पनि एकान्तमा भेट्दा अस्वभाविक व्यवहार देखाउने, एक्लै वाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनि बोलाउने गरेको पिडीत महिलाले बताईन् । समाजमा एकपटक मिलेको घट्ना आफूले विर्सेको भएपनि पुनः ९ महिनापछि जर्वजस्ती गरेर खेदो गरेपछि असोज २२ गते खोटाङ जिल्ला अदालत खोटाङमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गरिएको उहाँको भनाई छ । खोटाङ जिल्ला अदालतको दर्ता नम्बर २०७५–सी–०००७ नम्बरमा पिडक चौहान विरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको श्रेस्तेदार लालकुमार कार्कीले बताए ।

 

आफु अन्यायमा परेको र असोज १७ गते वकिलसँग परामर्श लिएर अदालतमा सोमबार मुद्दा दर्ता गराएपछि घट्ना मिलाउन बारम्बार नेताहरुको फोन आउने गरेको पिडित महिलाले बताईन् । बैदेशिक रोजगारीको क्रममा श्रीमान विदेशमा भएको र पेशाले आफु सोही वडामा रहेको विद्धालयको शिक्षिका भएकाले पनि पटक–पटक मानसिक टर्चर दिने गरेको उनले सुनाईन् । यतिवेला उनी न्याय माग्दै विभिन्न सञ्चार माध्यममा धाईरहेका छन् । यस विषयमा आफुलाई कुनै कुरा थाहा नभएको र नितान्त गलत भएको चिउरीडाँडामा वडाध्यक्ष लिला चौहानले बताए । हालसम्म मैले उहाँलाई देखेको/भेटेको छैन मलाई फसाउनका लागि ग्रेण्ड डिजाईन गरिएको हुनसक्छ । उनले भने, ‘रिस पोख्नका लागि बनाएर मुद्दा हालेको हुनुपर्छ ।’

२०७५ असोज २३ मध्यान्ह २ : २५ मा प्रकाशित

यद्यपी, स्थलगत रिपोर्ट अनुसार पीडित महिलाले चौहान विरुद्ध यौन दुव्र्यवहारको आरोप लगाएको भएता पनि एक सामाजिक भेलाले भने चौहान आरोपित मितिमा गाउँमा नरहेको तलको निर्णयमा देखिन्छ ।
हेर्नुहोस निर्णय

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...