Samayojan khabar

Advertisment

SKIP THIS

श्रीमावि वाँसबोटेमा एकैसाथ पाँच कार्यक्रम

  • शिक्षाका कुरा
  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको श्रीमावि वाँसबोटेमा लफ्याङका कक्षा १२ मा अध्ययनरत विधार्थीहरुले नव आगन्तुक कक्षा ११ का विधार्थीलाई स्वागत गरेका छन् । विद्धालयका कक्षा १२ का ४१ जना विधार्थीहरुले कक्षा ११ मा भर्ना भएका ५० जना बढीलाई सोमबार फुलमाला अविर लगाएर स्वागत गरेको हो । पछिल्लो अवस्थामा गाउँघरका विद्धालयहरुमा शैक्षिक गुणस्तर खस्कीएको भन्दै शहरतिर राम्रो विद्धालय खोजी गरीरहने प्रथालाई चिर्दै आएको माविमा ठूलो संख्यामा विधार्थी भित्र्याएर स्वागत गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो ।
    २०१७ सालमा स्थापना भई अथक प्रयास र मेहेनतपछि गतवर्षवाट कक्षा ११ र १२ सञ्चालन गराउन सफल उक्त विद्धालयमा शिक्षा संकाय अन्तगरको अंग्रेजी, नेपाली, स्वास्थ्य र जनसंख्या विषयको अध्ययन/अध्यापन हुंदै आएको छ ।

                                                            कक्षा ११ का विधार्थीलाई स्वागत
    यसैविच सोही कार्यक्रममा सिर्जनशील वाल क्लबले आयोजना निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अम्बिका खत्रीको समुह पहिलो, सन्दिप श्रेष्ठको समुह दोश्रो, कुमार कट्वालको समुह तेश्रो, निवन्ध प्रतियोगिता मिलन घिमिरे प्रथम, सिर्जना कट्वाल दोश्रो, सुरेश राई तेश्रो, भावना घिमिरे सान्त्वना भएका छन् ।

     

    यस्तै, सामूहिक नृत्य प्रतियोगितामा मिना श्रेष्ठको समुह पहिलो, अस्मिता राईको समुह दोश्रो, सितला राईको समुह तेश्रो तथा कविता प्रतियोगितामा मिना श्रेष्ठ प्रथम, दिवस श्रेष्ठ दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो भएका थिए । विजयी समुह तथा व्यक्तिहरुलाई पुरस्कार स्वरुप स्टेशनरी सामग्री प्रदान गरिएको छ । पुरस्कार सिर्जनशील वाल क्लवबले व्यवस्थापन गरेको थियो ।

                                                                   नृत्य गर्दै वालवालिका
    स्थानीय सरकार आईसकेपछि लफ्याङको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा यस शैक्षिकसत्रबाट शैक्षिक क्यालेण्डर बितरण गरी क्यालेण्डरमा भएको वर्षदिने कार्य तालिका अनुसार लफ्याङका विद्धालयहरुमा पठनपाठन, अतिरिक्त क्रियाकलाप हुदै आएको छ । साथै वडामा भएको विद्धालयहरुमा शैक्षिक गुणस्तर उकास्नका लागि लफ्याङका सवै तहका सरोकारवालाहरु जोडदारका साथमा लागि परिरहेका छन् ।
    क्याप्सनः हाजिरी जवाफ प्रतियोगितामा विधार्थीहरु तस्विर, समायोजन खबर, २०७५ असोज २३ विहान १० :२४ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

    समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

    कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

    समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

    मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

    समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

    यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

    समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

    कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

    समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

    मुख्य समाचार

    अनुसन्धान ब्यूरोको टोली चितवनमा

    समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

    सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

    समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

    कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

    समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

    रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

    समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

    प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

    समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...