Samayojan khabar

Advertisment

SKIP THIS

नयाँ शक्ति विधार्थी युनियन अध्यक्षमा सञ्जित

चिसाङ शेर्पा खोटाङ,
नयाँ शक्ति विधार्थी युनियनको प्रथम जिल्ला अबिधेशनबाट सञ्जित राई अध्यक्षमा चयन भएका छन् । नयाँ शक्ति पार्टी नेपालको भातृ संगठनको शुक्रबार र शनिबार भएको दुई दिने जिल्ला अधिबेशनले राईलाई अध्यक्षमा चयन गरेसँगै ४१ सदस्य समिति गठन गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मास्थित शुभम फाउण्डेसनमा भएको जिल्ला अधिबेशनले उपाध्यक्षमा रोशन राई, सिर्जना राई, सचिवमा यशोदा तिमिल्सिना, सहसचिवमा खेम तोलेङगे र कोषाध्यक्षमा निर्मला श्रेष्ठलाई चयन गरेको नयाँ शक्ति पार्टी खोटाङका जिल्ला ईन्चार्ज सुर्य राईले जानकारी दिए ।

 

अधिबेशनमा केन्द्रिय उपाध्यक्ष तारा शर्मा, केन्द्रिय महासचिव नेत्र चापागाई, प्रदेश ईन्चार्ज दिनेश दंगाल, प्रदेश संयोजक कलम पोखरेल, केन्द्रिय सदस्य प्रविन बिन्दास लगायतका १५३ प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थिती रहेको थियो । अबिधेशनपछि समितिले पहिलो बैठकले जिल्लाभरीका शैक्षिक संस्थाहरुमा गठित इकाई कमिटिलाई सक्रिय र कृयाशिल बनाउने, युवा विधार्थीहरुलाई बैचारिक, राजनैतिक विषयमा प्रशिक्षण प्रदान गर्ने, शैक्षिक संघ संस्थाहरुमा भएको विकृती विसंगतीका विरुद्ध सिर्जनशील रुपमा प्रस्तुत हुने र सुशासनको पक्षमा वकालत गरिरहने लगायतका निर्णय गरेको छ ।

 

यस्तै, कार्यक्रममा पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिईएको छ । संगठन निर्माण तथा सुदृढिकरण, संमृद्ध नेपालको लागि हाम्रो भुमिका र नेतृत्व विकासका विषयमा प्रशिक्षण दिइएको छ । नयाँ शक्ति पार्टीका केन्द्रिय प्रवक्ता डम्बर खतिवडा, विज्ञ परिषद संयोजक मदन कुमार राई र कार्यकारी सदस्य राजु केसीले प्रशिक्षण दिएका थिए ।
क्याप्सन  :नयाँ शक्ती बिद्यार्थी युनियनका निर्वाचित पदाधिकारी ।, २०७५ असोज २० राती ८ :०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...