Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नं. १ प्रथम, खोटाङले ६ स्वर्ण १ रजत दिलायो

  • खोटाङका एक प्रशिक्षक र दुई खेलाडी उत्कृष्ट
  • चिसाङ शेर्पा खोटाङ,
    सिराहामा आयोजित गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा एक नम्बर प्रदेश पहिलो भएको छ । गोलबजार नगरपालिकाको आयोजना तथा नेपाल कराते महासंघ शाखा डोजो जम्दहको सहआयोजनामा भएको प्रतियोगितामा १३ स्वर्ण ३ रजत १ कास्य लिएर प्रदेश नम्बर एक पहिलो भएको हो

     

    बुधबार सम्पन्न भएको प्रतियोगितामा प्रदेश नम्बर एकको प्रतिनिधित्व गरेर खेलेका खोटाङका खेलाडीले भने ६ स्वर्ण, १ रजत ल्याएर जिल्लाको शान राखेका छन् । खोटाङको तर्फवाट महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा रोश्मा राई, विद्याकला राई, जस्मिना राईले स्वर्ण दिलाएकी थिईन् । पुरुष कुमितेमा सन्तोष राईले ६० केजी र सुजन राईले ७५ केजी तौल समुहमा स्वर्ण पदक दिलाएका हुन् ।

     

    महिला कुमितेमा खोटाङकी विद्याकला राईले ५५ केजी तौल समुह र मिसडोना राई ६८ केजी प्लसमा स्वर्ण र ६८ केजी माईनस कुमितेमा जस्मिना राईले एक रजत दिलाएकी थिईन् । प्रदेश नम्बर एककै लागि ओखलढुंगाका मिलन राईले ४५ केजी र मोरङका रोमन खड्काले ५० केजी तौल समुहमा स्वर्ण दिलाएका छन् । मोरङका रोजन खड्काले ६७ केजी तौल समुहमा एक रजत र तेह्रथुमका चन्दन चौधरीले एक कास्य दिलाएका थिए ।

     

    प्रतियोगिताभरीको उत्कृष्ट खेलाडी महिलातर्फ प्रदेश नम्बर एकका विद्याकला राई (खोटाङ) पुरुषतर्फ सन्तोष राई (खोटाङ) र प्रतियोगिता भरीकै उत्कृष्ट प्रशिक्षक प्रदेश नम्बर एकका मिलन कसजु (खोटाङ) छनौट भएका छन् । उनीहरुले ट्रफि प्रमाणपत्र पाएका छन् । आयोजक टिमका लागि खोटाङका इश्वरधन राईले ७५ केजी प्लसमा १ स्वर्ण पदक दिलाएको थियो ।

     

    प्रतियोगितामा प्रदेश नम्बर तीन २ स्वर्ण, २ रजत ५ कास्य ल्याएर दोश्रो तथा आयोजक टिम १ स्वर्ण ४ रजत ७ कास्य लिएर तेश्रो भएका छन् । विजयी टिम प्रथमले ७५ हजार ५ सय ५५, दोश्रोले ५० हजार ५ सय ५५ र तेश्रोले ३० हजा ५ सय ५५ नगदका साथमा मेडल, ट्रफि, प्रमाणपत्र प्राप्त गरेका छन् । तीन दिवसीय प्रतियोगितामा सात प्रदेशका एक एक टिम र आयोजक टिम गरी ८ टिमको सहभागी रहेको थियो ।
    क्याप्सन : टिम प्रथमपछि सामूहिक फोटो खिचाउदै प्रदेश नं. १ का खेलाडी फोटो, मिलन कसजु  फेसवुक २०७५ असोज १७ राती ९ :१३ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    गायन क्षेत्रमा जम्दै रश्मी

    समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

    भीरबाट लडेर एक जनाको मृत्यु

    समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

    प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

    मुख्य समाचार

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

    समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

    अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...