Samayojan khabar

Advertisment

SKIP THIS

आज २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, खोटाङमा ६ जना बृद्धबृद्धा सम्मानित हुंदै

चिसाङ शेर्पा खोटाङ,
आज जेष्ठ नागरिक जिल्ला संघ खोटाङले भव्यताका साथमा २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउदै छ । भर्खरै मात्रै नेपालको मुख्य मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण एवम् अध्ययन सकेर जिल्ला आएका बृद्धबृद्धाहरुले आज विहान ११ बजे दिक्तेलको हाटडाडाँ–रत्नपार्क हुंदै जिल्ला समन्वय समितिको सभाहलसम्म -याली गरेर विभिन्न कार्यक्रम गर्ने ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

जेष्ठ नागरिक दिवसका दिन बृद्धबृद्धाहरुले भ्रमण गरेको भिडियो डकुमेन्ट्री हेर्नेछन्, भ्रमणमा गएका ९५ जना बृद्धबृद्धलाई राम्रो रेखदेख गर्ने सोही समुहका ६ जना बृद्धबृद्धा र एकजना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

                दश दिने धार्मिक भ्रमण समापनका दिन राष्ट्रिय सभागृह काठमाण्डौमा खोटाङका बृद्धबृद्धाहरु
गत भदौ २९ गतेबाट धार्मिक भ्रमण सुरुवात गरेका बृद्धबृद्धाहरुको धार्मिक भ्रमण गएको असोज ७ गते समापन भएको थियो । दश दिने भ्रमणमा हलेसी मन्दिर, धनुषामा रहेको जानकी मन्दिर, तनहुंको देवघाटधाम, रुपन्देहीको लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, पुशपतीनाथ र नारायणहिटी दरबारको भ्रमण अवलोकन गरेको थियो ।

बृद्धबृद्धाहरुले जिल्लामा व्यवस्थित दिवासेवा भवन नभएको र आफूहरुले पैसा उठाएर बनाएको दिवासेवा भवनको फिनीसिङका लागि सम्बन्धित निकायलाई अनुरोध गरेता पनि आशा मात्रै देखाउने गरेको बताउदै आएका छन् । आफूहरुको जायज मागलाई समेत बाराम्बार झुलाउदा बृद्धबृद्धाहरु आक्रोशित बन्दै आएका छन् ।

                        दिवासेवा भवन नहुंदा दिक्तेलस्थि हुलाकडाडाँ मन्दिरमा त्रिपाल टाँगेर छलफल गर्दै बृद्धबृद्धाहरु
सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेका छन् । प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएकोछ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ ।
यो पनि पढ्नुहोस
बृद्धबृद्धाहरुको धार्मिक भ्रमण सकियो (७ तस्विर)

२०७५ असोज १५ विहान ७ : १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...