Samayojan khabar

Advertisment

SKIP THIS

ससफो प्रदेश नं १ मा भुपेन्द्र नेम्वाङको अध्यक्षमा ५१ सदस्यीय समिति गठन (नामावलीसहित)

११ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य भुपेन्द्र नेम्वाङको अध्यक्षमा ५१ सदस्यीय प्रदेश नं १ समिति गठन गरिएको छ ।

यही असोज ९ र १० गते विराटनगरकेा अतिथि भवनमा भएको प्रदेश नं १ स्तरीय भेलाले समिति गठन गरेको हो ।

करिब पाँच सय प्रतिनिधिहरुबाट सुरुमा ५१ सदस्य चयन गरिएको थियो । त्यसमध्येबाटै अध्यक्षका लागि भुपेन्द्र नेम्वाङ र प्रविण चाम्लिङबिच निर्वाचन भयाे ।

निर्वाचन मण्डलले नेम्वाङलाई अध्यक्ष घोषणा गर्येा। तर उनको भोट कति आयो भन्ने बताइएन । निर्वाचन मण्डलले एकएक गरेर ५१ जनाकै राय लिएर नेम्वाङको नाम घोषणा गरेकाे हेा । कतिपय नेताहरुले लोकतान्त्रिक प्रक्रियाको अलोकतान्त्रिक व्यवस्था अनुसार नाम घोषणा गरिएको भन्दै गुनासोसमेत गरे ।

पहिलाे बैठक कात्तिक १०

नवगठित समितिको पहिलो बैठक आगामी कात्तिक १० गते बस्नेछ । सो बैठकबाटै बाँकी पदाधिकारीहरुको टुंगो लगाउनुका साथै जिम्मेवारीसमेत बाँडफाट गरिने समितिका सदस्य दुर्गामणि सुवेदीले बताए ।

‘तीन महिनाभित्रमा प्रदेशको अधिवेशन पनि गर्नुपर्ने भएको छ,’ सार्वजनिक डटकमसँग उनले भने, ‘त्यो अधिवेशन कसरी गर्ने र अबको कार्यदिशा कसरी तय गर्ने विषय पनि पहिलो बैठकले नै टुंगो लगाउने छ ।’

उनले प्रदेश नं १ मा ससफोलाई पहिलो पार्टी बनाउनका लागि अघि बढिने विश्वास व्यक्त गरे । जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक लगायत सबैखालका विभेदहरूकाे अन्त्य नभएसम्म संघर्ष जारी राखिने उनकाे भनाइ छ ।

नामावाली
१ भुपेन्द्र नेम्वाङ (पाँचथर)
२ राजकुमार यादव (मोरङ)
३ दुर्गामणि सुवेदी (मोरङ)
४ लोकसागर साम्बा (मोरङ)
५ प्रेम वनेम (मोरङ)
६ केशरमान गुरुङ (मोरङ)
७ गिता यादव (मोरङ)
८ नवराज गुरुङ (ओखलढुंगा)
९ श्याम माया राई (ओखलढुंगा)
१० दुर्गामाया लिम्बू (सुनसरी)
११ दिपेश राई (सुनसरी)
१२ धुव्र मेन्याङबो (सुनसरी)
१३ सविता यादव (सुनसरी)
१४ लालबहादुर रहपाल (पाँचथर)
१५ सुरेन्द्र सुहाङ (पाँचथर)
१६ सुर्यमान निङलेखू (तेह्रथुम)
१७ कृष्णबहादुर कटुवाल (तेह्रथुम)
१८ चन्द्र मादेन (ताप्लेजुङ)
१९ धनकुमार साम्यू लिम्बू (ताप्लेजुङ)
२० वीरकुमार राई (भोजपुर)
२१ मिना राई (भोजपुर)
२२ नरबहादुर बस्नेत (सोलुखुम्बु)
२३ आशा राई (सोलुखुम्बु)
२४ प्रविण चाम्लिङ (झापा)
२५ केवलराम राई (झापा)
२६ सर्मिला आङदेम्बे (झापा)
२७ गौरीमान राई (झापा)
२८ गणेशकुमार शाक्य (झापा)
२९ धनकुमार राई (खोटाङ)
३० तेजमाया दुमी राई (खोटाङ)
३१ दिपक याक्खा (संखुवासभा)
३२ भरत याक्खा (संखुवासभा)
३३ घनश्याम कटुवाल (उदयपुर)
३४ गणेश राई (उदयपुर)
३५ उपेन्द्र लावती (धनकुटा)
३६ दीपा लिम्बू (धनकुटा)
३७ लिलाबहादुर सुनुवार (इलाम)
३८ विनोदकुमार नेम्वाङ (इलाम)
३९ रिता राई (केन्द्रीय सम्पर्क समिति)
४० केदार धिमाल (लिम्बुवान प्रदेश समिति)
४१ कमन देवान (लिम्बुवान प्रदेश समिति)
४२ अग्निमाया मेचे (लिम्बुवान प्रदेश समिति)
४३ सनबहादुर राई (किरात प्रदेश समिति)
४४ गोपालकुमार राई (किरात प्रदेश समिति)
४५ हस्तशोभा राई (किरात प्रदेश समिति)
४६ महेशकुमार राना मगर (शेर्पालुङ समिति)
४७ दावा रेञ्जिङ शेर्पा (शेर्पालुङ समिति)
४८ दातेम्वा शेर्पा (शेर्पालुङ समिति)
४९ सुरेशकुमार भट्टराई (तराई मधेस)
५० कुन्ता राई (तराई मधेस)
५१ तेजनारायण चौधरी (तराई मधेस)

@sarbajanik

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...