Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिका प्रमुखले कार्यक्रम गर्न नदिएको भन्दै आपत्ती

समायोजन खबर खोटाङ,
खोटाङमा गाउँपालिका प्रमुखले कार्यक्रम गर्न नदिएको भन्दै संघीय समाजबादी बिद्यार्थी फोरम खोटाङले आपत्ती जनाएको छ । केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण कुमार राईले पृथ्बी माबि बाक्सिलामा तय गरिएको हाजिरी जवाफ प्रतियोगीता सञ्चालन गर्न नदिएको भन्दै संघीय समाजबादी बिद्यार्थी फोरमले खेद प्रकट गरेको हो ।

 

बाक्सिलामा बुधबारका लागि तय गरिएको कार्यक्रममा सहभागीता नजनाउनका लागि गाउँपालिकाभित्रका प्रअ तथा शिक्षकलाई चेतावनी दिएर गाउँपालिका प्रमुखले लोकतान्त्रिक पद्धतिको मूल्य र मान्यताको धज्जी उडाएको जिल्ला इन्चार्ज रबिन खम्बूद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । गाउँपालिका प्रमुखबाट बिद्यार्थी राजनैतिक आन्दोलनलाई हस्तक्षेप गर्ने काम भएको बिद्यार्थी फोरमले जनाएको छ । ‘विभिन्न बिद्यालयका प्रअ र शिक्षकलाई कार्यक्रममा बिद्यार्थी नपठाउनु, पठाएको खण्डमा सहभागी बिद्यार्थी, प्रअ र शिक्षकलाई कारबाही गर्ने धम्कीपूर्ण चेतावनी दिँदै रोक्ने काम गरेकामा गाउँपालिका प्रमुखको कदमप्रति घोर भत्र्सना गर्दछ,’ बिज्ञाप्तीमा भनिएको छ, ‘विद्यार्थीलाई संगठनमा आवद्ध हुने र राजनीतिमा सहभागी गराउन पाउने अधिकारमाथि ठाडो हस्तक्षेप गसिएको छ ।’

 

गाउँपालिका प्रमुखले सार्वजनिकरुपमा कार्यक्रम रोक्नुको औचित्य स्पष्ट नपारे र माफी नमागे बिरोधका कार्यक्रम गरिने संघीय समाजबादी बिद्यार्थी फोरमले जनाएको छ । गाउँपालिका प्रमुख राईले भने स्थानीय सरकारसँग समन्वय नगरेको र बिद्यालय प्रांगणमा पार्टीको झण्डा राखेर कार्यक्रम गर्न लागेकाले अन्यत्र कार्यक्रम गर्न भनेको बताए ।
२०७५ असोज ११ राती ८ :३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...